मलेसियाको नयाँ प्रधानमन्त्रीमा याकोब

एजेन्सी   POSTED ON : भदौ ६, २०७८ (७:१७ AM)

मलेसियाको नयाँ प्रधानमन्त्रीमा याकोब

क्वालाल्मपुर । मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माइल साब्री याकोब नियुक्त हुनुभएको छ । पूर्वउपप्रधानमन्त्री याकोब नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको हो । मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । 

संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उहाँ सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बन्नुभएको छ । ६१ वर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (युएमएनओ)का एक अनुभवी राजनीतिज्ञ हुनुहुन्छ र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनुपूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गर्नुभएको थियो । 


Top