चीनमा थ्री-चाइल्ड पोलिसीलाई आधिकारिक मान्यता

एजेन्सी   POSTED ON : भदौ ६, २०७८ (७:२१ AM)

चीनमा थ्री-चाइल्ड पोलिसीलाई आधिकारिक मान्यता

बेजिंग । चीनमा सरकारले शुक्रबार थ्री-चाइल्ड पोलिसीलाई आधिकारिक मान्यता दिएको छ । जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो । योसँगै अब चीनमा एक दम्पतीले तीन सन्तान जन्माउन सक्ने भएका छन् ।

सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ । बच्चाको शिक्षा, दिक्षा, पालन र पोषणको बोझ अभिभावकलाई पर्न नदिन सरकारले मद्धत पनि गर्ने भएको छ ।

वान चाइल्ड पोलिसी लागू भएको तीन दशकमा चीनले ४० करोड जनसंख्यालाई रोक्न सकेको छ । चीनमा १० वर्षमा एकपटक जनगणना हुनेगरेको छ । पछिल्लो दशकमा त्यहाँको जनसंख्या वृद्धिदर निकै सुस्त भइरहेको छ । पाँच वर्षमै चीनले टु–चाइल्ड पोलिसीमा परिवर्तन गरेको हो ।


Top