भारतमा कोरोना संक्रमणको तेस्रो लहर आउने चेतावनी, सतर्क रहन गृह मन्त्रालयको निर्देशन

एजेन्सी   POSTED ON : भदौ ९, २०७८ (७:१६ AM)

भारतमा कोरोना संक्रमणको तेस्रो लहर आउने चेतावनी, सतर्क रहन गृह मन्त्रालयको निर्देशन

नयाँदिल्ली । भारतमा आगामी अक्टोबर महिनामा कोरोना संक्रमणको तेस्रो लहर आउने चेतावनी दिइएको छ । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले आगामी अक्टोबर महिनामा भारतले कोभिड–१९ को तेस्रो लहरको सामना गर्नसक्ने चेतावनी दिएको हो । 

गृह मन्त्रालय मातहातको उक्त केन्द्र प्रधानमन्त्री कार्यालयलाई हालै बुझाएको प्रतिवेदनमा सो आँकलन गरिएको छ । 

रोयटर्सले ४० जना विज्ञको सुझाबको आधारमा तयार गरेको एक सर्वेक्षणलाई आधार बनाउँदै प्रकोप ब्यवस्थापन केन्द्रले जुलाई १५ देखि अक्टोबर १३ सम्म भारतमा तेस्रो लहर आउनसक्ने चेतावनी दिइएको छ । तेस्रो लहरको बेला बालबालिका सबैभन्दा बढी प्रभावित हुने सम्बन्धमा भारतको बाल रोग विशेषज्ञ संस्थानले जैविक कुनै पनि प्रमाणले त्यस प्रकारको अनुमानलाई बल नदिएको जनाएको छ । 


Top