युरोपको बाढी प्रकोपको कारणमा जलवायु परिवर्तनको प्रभाव

एजेन्सी   POSTED ON : भदौ ९, २०७८ (७:१७ AM)

युरोपको बाढी प्रकोपको कारणमा जलवायु परिवर्तनको प्रभाव

बर्लिन । युरोपमा पछिल्ला समय ठूलो वर्षा र यसले बाढी पहिरोको प्रकोप बढेको छ । यसबाट कम्तीमा २२० जनाको ज्यान गएको छ । वैज्ञानिकहरूका अनुसार गएको जुलाईमा आएको बाढीमा जलवायु परिवर्तन पनि कारक रहेको बताइएको छ । भारी वर्षाका कारण आएको बाढीलाई जलवायु परिवर्तनको प्रभावले सघन बनाएको वैज्ञानिकले बताएका छन् ।

जर्मनी र बेल्जियमसहित युरोपका अरू क्षेत्रमा गएको जुलाईमा आएको बाढीले बजार तथा गाउँहरू डुबानमा पार्नुका साथै बगाएको थियो । विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिले पश्चिमी युरोपमा जुलाईको जस्तो वर्षाको सम्भावना नौं गुणा बढाएको अनुसन्धानकर्ताले बताएका छन् । सो क्षेत्रमा भएको अत्यधिक वर्षालाई ३-१९ प्रतिशत सघन बनाएको अनुसन्धानमा उल्लेख छ । छोटो अवधिमा धेरै पानी परेका कारण अप्रत्याशित रूपमा मध्य जुलाईमा बाढी आएको थियो ।


Top