क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो

हिमालय टाइम्स   POSTED ON : भदौ १७, २०७८ (८:०७ AM)

क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो

क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । लेकटाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । काल्डोर फायरका कारण अहिलेसम्म १९१ हजार एकड क्षेत्र जलेको छ । डढेलोको १६ प्रतिशत भाग नियन्त्रणमा आएको छ । 

दुई हप्ताभन्दा अघि सुरु भएको डढेलो नियन्त्रणका लागि ३५ सयभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलोको जोखिममा परेको एक अस्पताल खाली गरिएको छ । स्थानीय प्रशासनका अनुसार आगलागीका कारण पाँचजना घाइते भएका छन् । सात सयभन्दा बढी घरहरूमा पूर्ण वा आंशिक क्षति पुगेको छ । सोमबार बिहान साउथ लेक टाहोका २२ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको थियो ।

Top