चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

एजेन्सी   POSTED ON : भदौ १८, २०७८ (८:४० AM)

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

बेजिंग । चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौं प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिंगमा हुनेभएको छ । पार्टीको केन्द्रीय राजनीति विभागको मंगलबारको बैठकले छैटौं प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । 

पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गर्नुभएको थियो । बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौं प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुने जनाइएको छ ।


Top