हुथी विद्रोहीद्वारा मारिब शहर कब्जा

एजेन्सी   POSTED ON : भदौ १८, २०७८ (८:४२ AM)

हुथी विद्रोहीद्वारा मारिब शहर कब्जा

यमन । यमनमा हुथी विद्रोहीको समूहले देशको महत्वपूर्ण शहर मानिने मारिब शहरलाई कब्जामा लिएको दाबी गरिएको छ । सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब शहरलाई हुथी विद्रोही समूहले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । 

विद्रोहीहरूले नियन्त्रणमा लिएको यस शहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए भने यसलाई रणनीतिक हिसाबले महŒवपूर्ण क्षेत्र मानिन्छ । ‘विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्, देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झण्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले कब्जा गरेका हुन्’, एक सैन्य अधिकारीले भनेका छन् । इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले समेत मारिब क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास लामो समयदेखि गर्दै आएका थिए । 


Top