थाइल्याण्डका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

एजेन्सी   POSTED ON : भदौ २०, २०७८ (७:४४ AM)

थाइल्याण्डका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

बैंकक । थाइल्याण्डका प्रधानमन्त्री प्रत्युश चान-ओचाले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँमाथि लगाइएको अविश्वासको प्रस्ताव असफल भएको हो । प्रधानमन्त्री प्रत्युशले २६४ मत पाउनुभएको छ । उहाँको विपक्षमा २०४ मत परेको थियो । 

विपक्षी दलले सदनमा अविश्वासको प्रस्ताव दत्र्ता गराएकोमा शनिबार मतदान भएको थियो । ४८२ सांसद रहेको थाई सदनमा विपक्षीको प्रस्ताव सफल हुन २४२ मत आवश्यक थियो । प्रत्युशले आफू मतदातपछि आफू विश्वस्त रहेको बताउनुभएको थियो । सांसदले वर्तमान सरकारले महामारीको सामना गर्न असफल भएको र महामारीले निम्ताएको आर्थिक संकटबाट जोगाउन प्रत्युश नेतृत्वको सरकारले प्रभावकारी कदम नचालेको भन्दै आलोचना गर्दै आएको थियो । 

Top