युएईद्वारा अफगानिस्तानमा औषधि तथा खाद्य सामग्री प्रदान

एजेन्सी   POSTED ON : भदौ २०, २०७८ (७:४६ AM)

युएईद्वारा अफगानिस्तानमा औषधि तथा खाद्य सामग्री प्रदान

काबुल । संयुक्त अरब इमिरेट्सले अत्यावश्यक औषधि र खाद्य सामग्रीसहित अफगानिस्तानमा आफ्नो विमान पठाएको छ । अत्यन्तै संकटमा रहेका हजारौं अफगानी खासगरी महिला, वृद्ध र बालबालिकाका लागि यो सहयोग उपलब्ध गराइएको इमिरेट्स सरकारले जनाएको छ ।

यो सहयोग इमिरेट्सको ‘मानवीय भूमिका’ कै पाटो स्वरूप अफगानी दाजुभाइका लागि पूर्ण समर्थनका रूपमा दिइएको बताइएको छ । इमिरेट्सका संस्थापक अभिभावक, स्वर्गीय शेख जैयद विन सुल्तान अल नाहृयनले बढाएको दान, सहिष्णुता र मानवीयताको सेवा जस्ता मूल्यहरूको कार्यान्वयनकै निरन्तरता भएको सरकारले उल्लेख गरेको छ ।


Top