विश्वको लोकप्रिय नेताको शीर्ष स्थानमा प्रधानमन्त्री मोदी

एजेन्सी   POSTED ON : भदौ २१, २०७८ (८:१९ AM)

विश्वको लोकप्रिय नेताको शीर्ष स्थानमा प्रधानमन्त्री मोदी

नयाँदिल्ली । विश्वको लोकप्रिय शीर्ष नेतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहनुभएको छ । विश्व नेताहरू को लोकप्रियता मापन गर्ने अमेरिकी अध्ययन एजेन्सी मर्निङ कन्सल्टको नयाँ सूचीमा मोदीले विश्वका अन्य १३ नेताहरू लाई उछिन्नुभएको हो । 

मर्निङ कन्सल्टले सेप्टेम्बर २ मा नयाँ सूची सार्वजनिक गरेको हो । प्रत्येक साता यो एजेन्सीले नयाँ सूची सार्वजनिक गर्छ । ७० प्रतिशत अप्रुभल रेटिङसहित मोदी शीर्ष स्थानमा रहनुभएको छ ।

मेक्सिकोका राष्ट्रपति एंड्रेस म्यानुअल लोपेज, इटालेली प्रधानमन्त्री मारियो ड्रागी, जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन, क्यानडेली प्रधानमन्त्री जस्टिन टुडो, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र ब्राजिलियन राष्ट्रपति जोइर बोल्सेनारोलाई मोदीले उछिन्नुभएको छ । यो सर्वेमा प्रधानमन्त्री मोदीपछि मेक्सिकोका राष्ट्रपति एण्ड्रेस म्यानुअल लोपेज दोस्रो र इटलीका प्रधानमन्त्री मारियो ड्रागी तेस्रो स्थानमा रहनुभएको छ । 


Top