आर्कटिक क्षेत्रमा रूसका आपात्कालीन मन्त्रीको निधन

एजेन्सी   POSTED ON : भदौ २५, २०७८ (६:५८ AM)

आर्कटिक क्षेत्रमा रूसका आपात्कालीन मन्त्रीको निधन

मास्को । रूसका आपात्कालीन मन्त्री येवगेनी जिनिचेवको निधन भएको छ । जिनिचेव आर्कटिक क्षेत्रमा एक सिविल डिफेन्स तालिममा उहाँको निधन भएको हो । ५५ वर्षीय जिनिचेभको आर्कटिक नागरिक रक्षा अभ्यासको क्रममा अर्का एकजनाको ज्यान बचाउने प्रयासमा मृत्यु भएको हो । रूसी ब्रोडकास्टर आरटीका प्रमुख मार्गरिता सिमोन्यानका अनुसार उहाँ र उहाँसँग अन्तर्वार्ता लिने क्यामेराम्यान ६३ वर्षीय चलचित्र निर्देशक अलेक्जेन्डर मेलनिक एक अग्लो चट्टानमाथि बस्नुभएको थियो । त्यसक्रममा मेलनिक चिप्लिएर पानीमा खस्नुभयो ।

पानीमा खस्नुभका मेलनिकलाई बचाउन जिनिचेभ पनि पानीमा हाम फाल्नुभएको थियो । तर, उहाँ पहाडमा बाहिर निस्किएको चट्टानमा ठोक्निुभएको थियो । त्यसलगत्तै उहाँको मृत्यु भएको थियोे । 

जिनिचेभ सन् २०१८ देखि रूसको आपत्काल व्यवस्था मन्त्रीको रूपमा रहेर कार्य गर्दै आउनुभएको थियो । उहाँ राष्ट्रपति भ्लादिमिर पुटिनको सुरक्षा व्यवस्थाका प्रमुख सदस्य पनि रहँदै आउनुभएको थियो । उहाँको मृत्युमा राष्ट्रपति पुटिनले दुःख व्यक्त गर्नुभएको छ । 


Top