यस्ता छन् संसारका २० सबैभन्दा राम्रा शहर

एजेन्सी   POSTED ON : भदौ २७, २०७८ (६:२१ AM)

यस्ता छन् संसारका २० सबैभन्दा राम्रा शहर

न्यूयोर्क । अन्तर्राष्ट्रिय मिडिया संस्थान टाइम आउटले संसारका २० सबैभन्दा राम्रा शहरको सूची सार्वजनिक गरेको छ । टाइमले केही तथ्यका आधारमा यो सूची सार्वजनिक गरेको हो । यसमा शहरहरूको खान–पान, संस्कृति र राम्रो नाइटलाइफका आधारमा शहरको छनोट गरेको उल्लेख गरेको छ । 

संसारका शीर्ष पाँच सबैभन्दा राम्रा शहर

सन फ्रान्सिस्को : अमेरिकाको सन फ्रान्सिस्को शहर सबैभन्दा राम्रो शहरका रूपमा पहिलोमा दर्ज भएको छ । रातो रंगको पुल, अफ्नोतर्फ आकर्षित गर्ने रेस्टुरेन्टहरू र टेक इन्डस्ट्रीका लागि विख्यात छ यो शहर । यो शहर खानपान, संस्कृति र राम्रो नाइटलाइफमा पनि संसारको सबैभन्दा राम्रो पाइएको छ । सन फ्रान्सिस्को शहर क्यालिफोर्नियामा चौथो सबैभन्दा धेरै जनसंख्या रहेको शहर हो । साथै संयुक्त राज्य अमेरिकामा १२औं सबैभन्दा धेरै जनसंख्या भएको शहर हो । 

एम्सटर्डम : नेदरल्याण्डको राजधानी राजधानी एम्सटर्डम दोस्रो सबैभन्दा राम्रो शहरका रूपमा रहेको छ । एम्सटर्डम नेदरल्याण्डको वाणिज्य राजधानी र युरोपमा शीर्ष वित्तीय केन्द्रमा एक हो । एम्सटर्डमको वैश्वीकरण और विश्व शहर अध्ययन समूहले एक अल्फा विश्व शहरको दर्जा दिएको छ । यो नेदरल्याण्डको सांस्कृतिक राजधानी पनि हो । 

म्यानचेष्टर : इंग्ल्याण्डको म्यानचेष्टर शहर सबैभन्दा राम्रोमा तेस्रो स्थानमा छ । यो शहर संसारमा सूती कपडा उद्योगका लागि प्रसिद्ध छ । म्यानचेष्टर युनाइटेड फुटबल क्लब ग्रेटर म्यानचेष्टरको वल्र्ड ट्रेफोर्डमास्थित एक इंग्लिस फुटबल क्लब हो । जो संसारमा सबैभन्दा धेरै लोकप्रिय फुटबल क्लबमा एक हो । 

कोपनहेगन : डेनमार्कको राजधानी कोपनहेगन चोथौ राम्रो शहरमा रहेको छ । यो डेनमार्कको सबैभन्दा राम्रो शहर हो । कोपनहेगन जिलण्ड र अमागर द्वीपमा बसेको छ । जीवनस्तरमा यो शहर संसारको सर्वश्रेष्ठ शहर हो । यो संसारको सबैभन्दा राम्रो पर्यावरण–अनुकूल नगरमा पनि एक हो । यो शहरमा हरेक दिन ३६ प्रतिशत नागरिक साइकलमा काममा जाने गर्दछन् । 

न्यूयोर्क : यो सूचीमा पाँचौं नम्बरमा अमेरिकाको न्यूयोर्क रहेको छ । न्यूयोर्क शहर संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै जनसंख्या भएको शहर हो । आर्थिक रूपमा यो संसारको सबैभन्दा शक्तिशाली शहर हो । न्यूयोर्क शहरमा संयुक्त राष्ट्रको मुख्यालय छ । 

संसारका २० राम्रा शहरमा चार एसियाका पनि रहेका छन् । यसमा इजरायलको आर्थिक राजधानी तेल अबिब नवांै स्थानमा रहेको छ । दशौं स्थानमा जापानको राजधानी टोकियो छ । १७औं स्थानमा चीनको आर्थिक व्यापार केन्द्र सांघाई छ भने २०औं स्थानमा हङकङ रहेको छ । 

संसारका २० सबैभन्दा राम्रा शहरमा १) सन फ्रान्सिस्को २) एम्सटर्डम ३) म्यानचेष्टर ४) कोपनहेगन ५) न्यूयोर्क ६) मान्ट्रियल ७) प्राग ८) तेल अबिब ९) पोतो १०) टोकियो ११) लस एन्जलस १२) शिकागो १३) लण्डन १४) बार्सिलोना १५) मेलबर्न १६) सिड्नी १७) संघाई १८) म्याड्रिड १९) मेक्सिको सिटी र २०) हङकङ रहेका छन् ।


Top