गोञ्जालोको निधन

एजेन्सी   POSTED ON : भदौ २८, २०७८ (६:५६ AM)

गोञ्जालोको निधन

लिमा । पेरुमा साइनिङ पाथ नामक माओवादी आन्दोलनका नेता गोञ्जालोको निधन भएको छ । पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उहाँको निधन भएको हो । उहाँको औपचारिक नाम अभिमाइन गुजमानको ८६ वर्षको उमेरमा निधन भएको हो । पेरुमा वामपन्थी राष्ट्रपति पेद्रो कास्टियो आएपछि उहाँको रिहाइको माग विश्वभरका वामपन्थीबाट हुँदै आएको थियो । नेता गोन्जालोको सन् १९३४ मा पेरुको दक्षिणी तटमा अवस्थित मोलेन्डो शहरनजिकैको ग्रामीण इलाकामा जन्मिनुभएको थियो ।

गोन्जाकोलाई २८ वर्षअगाडि सन १९९२ को सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ गरिएको थियो । कानुन र दर्शनमा डिग्री लिएपछि गोन्जालोले पेरुको सान अगस्टिन नेसनल युनिभर्सिटीमा अध्यापन गराउनुभएको थियो । उहाँले सुरुमा युनिभर्सिटीको विद्यार्थी आन्दोलनसँगै पछि माओवादी आन्दोलन सुरु गरेर जंगल पस्नु भएको थियो । 

उहाँले जेलमै हुँदा सन २००४ मा अर्की कैदी एलिना इपारागिरेसँग ७५ वर्षको उमेरमा विवाह गर्नुभएको थियो । उहाँ पछिल्लो समय छालाको क्यान्सरबाट ग्रस्त हुनुहुन्थ्यो । ७० हजार पेरुको नागरिक मारिएको साइनिङ पाथ आन्दोलन व्यापक आलोचित आन्दोलन हो । माओवादीबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । साइनिङ पथले सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो ।


Top