भुपेन्द्र भाइ पटेल गुजरातका नयाँ मुख्यमन्त्री

एजेन्सी   POSTED ON : भदौ २८, २०७८ (६:५९ AM)

भुपेन्द्र भाइ पटेल गुजरातका नयाँ मुख्यमन्त्री

गान्धिनगर । गुजरातका नयाँ मुख्मन्त्रीमा भुपेन्द्र भाइ पटेल हुनुहुने भएको छ । गुजरातका मुख्ममन्त्री विजय रुपाणीले राजीनामा दिएको २४ घण्टामा गुजरातको नयाँ मुख्यमन्त्रीमा भुपेन्द्र भाइ पटेललाई नियुक्त गर्ने फैसला भएको हो । गुजरातको गान्धीनगरमा भएको भारतीय जनता पार्टी (भाजपा) विधायक दलको बैठकले पटेलको नाम चयन गरेको हो । पटेलले विधानसभा चुनाव २०१७ मा अहमदावाद जिल्लाको घाटलोडिया सिटमा कांग्रेसका शशिकान्त वासुदेव लाई हराउनुभएको थियो । 

Top