अफ्रिकामा दुई प्रतिशत मात्र खोप

  POSTED ON : भदौ ३०, २०७८ (२:४६ PM)

अफ्रिकामा दुई प्रतिशत मात्र खोप

जेनेभा (सिन्हवा) । संयुक्त राष्ट्रसंघले विश्वमा हाल रहेको कोभिड १९ विरुद्धको खोपमध्ये अफ्रिकामा त्यसको २ प्रतिशत मात्र खोप उपलब्ध रहेको बताएको छ । विश्वमा अहिले पनि कम्तीमा पनि ५ अर्ब ७ करोड मात्रा खोप पुगेको बताइएको छ । तर पनि त्यसमध्ये अफ्रिकामा २ प्रतिशत मात्र खोप उपलब्ध रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 विश्व स्वास्थ्य संगठनले मंगलबार सार्वजनिक गरेको एक तथ्यांकमा विश्वमा उपलब्ध रहेको खोपको जम्मा २ प्रतिशत मात्र खोप अफ्रिकामा उपलब्ध रहेको भन्दै यो अवस्था राम्रो नरहेको बताएको छ । उक्त संगठनले यस्तै तथ्यांकका साथ अघि बढ्ने हो भने विश्वमा खोपमा पनि असमानताको अवस्था सिर्जना हुने धारणा राखेको छ । यस्तो अवस्था आउन नदिन विश्वमा खोपमा समानताका लागि पनि सो संगठनले विश्वमा सबै देशहरुसँग आग्रह गरेको छ ।

 विश्व स्वास्थ्य संगठनले विश्वमा सबै देशहरुमा यो वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ४० प्रतिशत खोप पु¥याउने र आगामी वर्ष अर्थात् सन् २०२२ को मध्यसम्ममा विश्वका सबै देशमा ७० प्रतिशत खोप पु¥याउने लक्ष राखेको जनाएको छ ।तर पनि यसरी असमान रुपमा खोपको वितरण हुने हो भने यसबाट विश्वका नागरिकहरु खोपबाट वञ्चित हुनसक्ने खतरा रहेको पनि सो संगठनले जनाएको छ । 

Top