संयुक्त राष्ट्रसंघको ७४औं महासभा सुरु

हिमालय टाइम्स   POSTED ON : भदौ ३१, २०७८ (७:१७ AM)

संयुक्त राष्ट्रसंघको ७४औं महासभा सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७४औं महासभा बुधबारदेखि न्यूयोर्कमा सुरु भएको छ । १९३ वटै सदस्य मुलुकले आगामी साता महासभालाई सम्बोधन गर्ने छन् । विश्वभरका कूटनीतिज्ञहरू न्यूयोर्कमा भेला भएर वर्षेनी आफ्नो मुलुकको तर्फबाट मुद्दाहरू प्रस्तुत गर्ने र त्यसलाई वैश्विक आकार दिन प्रयत्न गर्ने परम्परा महासभामा छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जोर्डनका राजा अब्दुल्लाह, ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारो, भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलगायतले भौतिक रूपमै यो महासभामा भाग लिँदै हुनुहुन्छ । 

यसपटक महासभामा शक्तिशाली मुलुकहरूले अफगानिस्तान मुद्दालाई प्राथमिकतामा राख्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सेप्टेम्बर २५ तारिखमा शनिबार (असोज ९ गते) नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । तर, नेपालको तर्फबाट कसले महासभामा भाग लिन्छ र कसले सम्बोधन गर्नेछ भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

Top