आफ्नै मौलिक प्रजातन्त्र अंगिकार गर्छौं : साइइंग वेन

एजेन्सी   POSTED ON : आश्विन २६, २०७८ (७:२८ AM)

आफ्नै मौलिक प्रजातन्त्र अंगिकार गर्छौं : साइइंग वेन

ताइपे । ताइवानकी राष्ट्रपति साइइंग वेनले चीनसँग कुनै हालतमा नझुक्ने र आफ्नै मौलिक प्रजातन्त्र अंगिकार गर्ने बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पुनःएकीकरण गर्ने’ भनेपछि राष्ट्रपति वेनको यस्तो भनाइ आएको हो ।

ताइवानको प्रगतिका कारण चीनले दबाब दिएको उहाँको भनाइ छ । ‘हामीले जति प्रगति गर्छौं त्यति नै हामीमाथि चिनियाँ दबाब बढ्दै जानेछ’, ताइवानको राष्ट्रिय दिवसका अवसरमा उहाँले भन्नुभयो । राष्ट्रपति वेनले आफ्नो देशको सुरक्षाव्यवस्था बलियो बनाइराख्ने र आफ्नो भूमिमा कसैलाई पनि शक्तिको प्रयोग गर्न नदिने बताउनु भएको छ ।

‘चीनले जुन प्रस्ताव गरेको छ, त्यो प्रजातान्त्रिक होइन र ताइवानका लागि एक लोकतान्त्रिक तरिका पनि होइन । उसलाई हाम्रा दुई करोड ३० लाख मानिसको सम्प्रभुता पनि मिल्ने छैन’, वेनले भन्नुभएको छ । ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्दै आए पनि चीनले आफूबाट छुट्टिएर रहेको एउटा प्रान्त मान्दै आएको छ ।

Top