दुबईमा धनाढ्यको संख्यामा वृद्धि

एजेन्सी   POSTED ON : आश्विन २६, २०७८ (७:३० AM)

दुबईमा धनाढ्यको संख्यामा वृद्धि

दुबई  । दुबईमा धनाढ्याको संख्यामा वृद्धि भइरहेको छ । अर्बपतिहरूको गतिविधि अनुसन्धान गर्ने संस्था न्यू वल्र्ड हेल्थ (एनडब्लुएच) ले दुबईमा हाइ–नेट–वेल्थ इन्डिभिजुअल (एचएनडब्लुआई)को संख्या जुन महिनामा तीन दशमलव ८ प्रतिशतले बढेको जनाएको छ । दुबईमा गत डिसेम्बरमा ५२ हजार एचएनडब्लुआईमा रहेकोमा अहिले ५४ हजार पुगेको हो । एचएनडब्लुआई अर्थतन्त्रको एउटा शब्द हो जसको अर्थ अमेरिकी डलर १० लाखभन्दा बढी सम्पत्ति भएका धनाढ्य भन्ने बुझाउँछ ।

मध्यपूर्व र अफ्रिका (एमइए) क्षेत्रमा दुबई संसारकै धनी शहर हो । दुबई १६५ ‘सेन्टी-मिलिअनरिज’ र १२ ‘विलिअनरिज’को घरसमेत हो । कम्तीमा एक मिलियन डलर रकम, सम्पत्ति र व्यवसाय भएका व्यक्तिको संख्या जुनमा दुई दशमलव पाँच प्रतिशतले बढेको एनडब्लुएचको अध्ययनमा उल्लेख छ । अर्को एक छुट्टै अध्ययनमा मध्यपूर्वमा आगामी पाँच वर्षमा ३० मिलियन (३ करोड) डलर सम्पत्ति भएका व्यक्तिहरूको संख्या २४ दशमल ६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

Top