सार्वधिक खोजीमा रहेका कोलम्बियाका लागूऔषध तस्कर पक्राउ

एजेन्सी   POSTED ON : कार्तिक ८, २०७८ (६:५० AM)

सार्वधिक खोजीमा रहेका कोलम्बियाका लागूऔषध तस्कर पक्राउ

बोगोटा । सर्वाधिक खोजीमा रहेका कोलम्बियाका लागूऔषध तस्कर समूहका नेता तथा कोलम्बियाको ठूलो आपराधिक समूहका नेता पक्राउ परेका छन् । ओतोनिएलका रूपमा चिनिएका डाइरो एन्टोनिओ उसुगा आर्मी, हवाई सैनिक र प्रहरीले गरेको अपरेशनको क्रममा पक्राउ परेको हुन् ।

कोलम्बिया सरकारले ओतोनिएलका बारेमा जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर बराबरको पुरस्कारको पनि घोषणा गरेको थियो । यस्तै अमेरिकाले उनका लागि ५० लाख अमेरिकी डलर बराबरको पुरस्कार दिने बताएको थियो । कोलम्बियाका राष्ट्रपति इभान डुक्कुले ओतोनिएल पक्राउ परेको सम्बन्धी जानकारी टेलिभिजन सम्बोधनमार्फत जनमारी गराएका हुन् । ओतोनिएललाई शनिबार पानामासँगको सीमा जोडिएको ग्रामीण क्षेत्रबाट पक्राउ गरिएको पुष्टि गरेका हुन् ।


Top