टर्कीद्वारा अमेरिकालगायत १० पश्चिमा देशका राजदूत ‘पर्सोना नन् ग्राटा’ घोषित

एजेन्सी   POSTED ON : कार्तिक ८, २०७८ (६:५४ AM)

टर्कीद्वारा अमेरिकालगायत १० पश्चिमा देशका राजदूत ‘पर्सोना नन् ग्राटा’ घोषित

आंकरा । टर्कीले नेटो आबद्ध १० मुलुकका राजदूतहरूमाथिको कूटनीतिक संरक्षण हटाएको छ । यो निर्णयसँगै १० राष्ट्रका राजदूतहरूमाथि जुनसुकै मुद्दामा छानविन तथा कारबाही अघि बढाउन पाइने भएको छ । 

राष्ट्रपति रिसेप तेयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्सलगायत १० राष्ट्रका राजदूतलाई ‘पर्सना नन् ग्राटा’ मा राख्दै उनीहरूको कूटनीतिक हैसियत खोस्नुभएको हो । आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति एर्दोगानले विदेशी हस्तक्षेप आफूलाई स्वीकार्य नहुने बताउनुभयो ।

ती देशहरूले विगत चार वर्षदेख टर्कीको कारागारमा रहेका अभियन्ता ओस्मान कवलाको रिहाइको मागसहित वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्दोगानले उक्त निर्णय गरेको बुझिएको छ । कबलाकै नेतृत्वमा राष्ट्रपतिलाई सत्ताच्युत गर्नुपर्ने मागसहित चार वर्षअघि देशभर विरोध प्रदर्शन भएको थियो ।

अमेरिका, क्यानाडा, फ्रान्स, फिनल्याण्ड, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतले गतसाता संयुक्त वक्तव्य जारी गरी कबलाको रिहाइको माग गरेका थिए । यसअघि युरोपका सम्पूर्ण मानवअधिकारवादी संस्थाले कबाला निर्दोेष रहेको भन्दै उनको रिहाइ नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी टर्कीलाई दिएका थिए ।

Top