अफगानिस्तानमा भोकमारी हुने राष्ट्रसंघको चेतावनी

एजेन्सी   POSTED ON : कार्तिक ९, २०७८ (६:४१ AM)

अफगानिस्तानमा भोकमारी हुने राष्ट्रसंघको चेतावनी

काबुल । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नुपरेको राष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब दुई करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यान्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको शिकार बनेका छन् ।

‘अफगानिस्तानमा अहिले मानव संकट गहिरिएको छ । त्यहाँ जुनसुकै बेला भोकमरीको जोखिम छ’, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिसलेले भन्नुभयो । १५ अगटमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको छ । अफगानिस्तानलाई तत्काल सहयोग नगरे त्यहाँ मानवीय संकट गहिरिने अन्तर्राष्ट्रिय समुदायले चेतावनी दिँदै आएका छन् ।

अफगानिस्तानमा गत अगष्टमा अमेरिकाले आफ्नो बाँकी सैनिकहरू फिर्ता गरेपछि तालिवानले सत्ता हत्याएको थियो । तालिवानको उदपपछि पश्चिमा शक्ति, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले सहायता रोक्का गरेपछि विदेशीको सहायतामा निर्भर नाजुक अर्थतन्त्र झनै धर्मराएको छ । अफगानिस्तानको कुल ग्राहस्थ उत्पादनमा अन्तर्राष्ट्रिय सहयोगको हिस्सा ४० प्रतिशत थियो ।


Top