चीनमा सीमा सुरक्षासम्बन्धी नयाँ कानुन

एजेन्सी   POSTED ON : कार्तिक ९, २०७८ (६:४२ AM)

चीनमा सीमा सुरक्षासम्बन्धी नयाँ कानुन

बेजिङ । चीनले सीमा सुरक्षा मजबुत पार्न नयाँ कानुन पास गरेको छ । नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले पारित गरेको ‘ल्याण्ड बोर्डर्स ल’ ले गैरकानुनी रूपमा चीनको सीमापार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार प्रयोग गर्न अनुमति दिइएको छ ।

यस कानुनले सीमा क्षेत्रनजिक ड्रोन उडाउन पनि निषेध गरेको छ । सो कानुनअनुसार चीनले सीमाको आफ्नोतर्फको क्षेत्रमा यातायात, सञ्चार र रक्षासँग सम्बन्धित पूर्वाधार निर्माण गर्न सक्नेछ । 

बिनास्वीकृति कुनै संगठन या व्यक्तिले स्थायी संरचना बनाउन पाउने छैनन् । तर, सो कानुनले कुन-कुन सीमा क्षेत्र चीनको भूमी हो भनी किटान गरेको छैन ।

Top