सुडानमा सैन्य ‘कू’ विरोधमा देशभर प्रदर्शन, सेनाको गोली लागी कम्तीमा सातजनाको मृत्यु

एजेन्सी   POSTED ON : कार्तिक १०, २०७८ (६:२१ AM)

सुडानमा सैन्य ‘कू’ विरोधमा देशभर प्रदर्शन, सेनाको गोली लागी कम्तीमा सातजनाको मृत्यु

खार्तुम । सुडानमा ‘सैनिक कू’को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको मृत्यु भएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १४० जना घाइते भएका छन् । 

सत्ता कब्जाको विरोधमा प्रदर्शनको भिडमा सैनिकले गोली प्रहार गरेका हुन् । सेनाले सोमबार सरकार भंग गरी शक्ति आफ्नो हातमा लिएको थियोे । राजनीतिक दलका नेताहरूलाई पक्राउ गरी सेनाले आपत्काल घोषणा गरेको छ । राजनीतिक अस्थिरताका कारण आफूहरूले सत्ता कब्जा गर्नुपरेको ‘कू’का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गर्नुभएको छ । 


Top