चीनको गान्सु प्रान्तमा ‘लकडाउन’

एजेन्सी   POSTED ON : कार्तिक १०, २०७८ (६:२३ AM)

चीनको गान्सु प्रान्तमा ‘लकडाउन’

बेजिंग । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा ‘लकडाउन’ घोषणा गरिएको छ । ४० लाख मानिसहरूको बसोबास रहेको लान्जहोउ शहरमा मंगलबार लकडाउन घोषणा गरिएको हो ।

लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । कोभिड भित्रभित्रै आगो झैं फैलिएको भन्दै नियन्त्रण लागि सरकारले फेरि लकडाउन घोषणा गरिएको हो । सो शहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो समयमा चीनमा कोभिडको नयाँ स्वरूप डेल्टा भाइरस देखिएको छ । भाइरस फैलिएसँगै सरकाले यसै साता आयोजना हुने बेइजिङ म्याराथुन स्थगित गरेको छ ।

स्वास्थ्यविद्हरूले संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी दिँदै परीक्षणलाई तीव्र पारिरहेका छन् । राजधानी बेइजिङमा भने मंगलबार तीन नयाँ संक्रमित फेलापरेका छन् । स्थानीयलाई अति आवश्यक कामबाहेक शहर नछाड्न आग्रह गरिएको छ । बाँकी विश्वसँग तुलना गर्दा चीनको संक्रमणदर अत्यन्तै थोरै लागे पनि चीनले महामारीको सुरुवातदेखि नै शून्य संक्रमण नीति अपनाउँदै आएको छ ।


Top