भारतद्वारा अग्नि-५ मिसाइलको सफल परीक्षण

एजेन्सी   POSTED ON : कार्तिक १२, २०७८ (७:१९ AM)

भारतद्वारा अग्नि-५ मिसाइलको सफल परीक्षण

न्यूदिल्ली । भारतले अग्नि-५ नामक मिसाइलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेको हो । मिसाइलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।

मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ)ले विकसित गरेको थियो । अन्तरमहादेशीय व्यालेष्टिक मिसाइल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ ।

जुन महिनामा पनि भारतले अग्नि प्राइम मिसाइल परीक्षण गरेको थियो । आणविक क्षमतायुक्त सो मिसाइलले दुई हजार किलोमिटर टाढासम्म मार हान्न सक्नेछ ।


Top