जलवायु परिवर्तन र कोरोनाको समस्या समाधानका लागि एकजुट हुन राष्ट्रसंघका महासचिव गुटेरसको आग्रह

एजेन्सी   POSTED ON : कार्तिक १४, २०७८ (५:१८ AM)

जलवायु परिवर्तन र कोरोनाको समस्या समाधानका लागि एकजुट हुन राष्ट्रसंघका महासचिव गुटेरसको आग्रह

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जी ट्वान्टी राष्ट्रका नेताहरूलाई जलवायु परिवर्तन र कोरोना भाइरसको समस्या समाधानका लागि एकजुट हुन आग्रह गर्नुभएको छ । इटलीको रोममा जी ट्वान्टी सम्मेलन सुरु हुनुअघि उनले जी ट्वान्टी राष्ट्रका नेताहरूलाई जलवायु परिवर्तनको खतरनाक समस्या हल गर्न र कोरोनाको खोप वितरणको असमानता हटाउन आग्रह गर्नुभएको हो ।

उहाँले ठूला शक्ति राष्ट्रहरूबीच देखिएको भयंकर अविश्वासको वातावरण नै समस्या समाधानको अवरोध भएको भन्दै जलवायु परिवर्तनको समस्या समाधान गर्न व्यापक राजनीतिक इच्छाशक्तिको जरुरी देखिएको बताउनुभएको छ । 

Top