मोदीद्वारा तीन कृषि कानुन फिर्ता

एजेन्सी   POSTED ON : मंसिर ५, २०७८ (८:०६ AM)

मोदीद्वारा तीन कृषि कानुन फिर्ता

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन कृषि कानुन फिर्ता लिने घोषणा गर्नुभएको छ । शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले तीन विवादित कृषि कानुन फिर्ता लिने घोषणा गर्नुभएको हो ।

‘आज म पूरै देशलाई यो बताउन आएको छु कि हामीले तीनैवटा कृषि कानुन फिर्ता लिने निर्णय गरेका छौं । यस महिनाको अन्त्यमा सुरु हुन लागेको संसद्को सत्रमा हामी तीन कृषि कानुनलाई रद्द गर्ने संवैधानिक प्रक्रियालाई पूरा गर्ने छौं’, मोदीले सम्बोधनका क्रममा भन्नुभएको छ ।

आफूहरूले देशका साना किसानलाई फाइदा पुग्नेगरी कानुन ल्याएको भए पनि केही किसानलाई आफूहरूले सम्झाउन नसकेको उहाँले बताउनुभयो । कानुनलाई एक वर्गले मात्र विरोध गरिरहेको भए पनि यो आफ्ना लागि महŒवपूर्ण भएको उहाँले बताउनुभयो । कृषि कानुनको विरोधमा लामो समयदेखि भारतमा कृषकहरू आन्दोलनमा उत्रिएका थिए ।


Top