ताइवानद्वारा नयाँ लडाकु विमान सार्वजनिक

एजेन्सी   POSTED ON : मंसिर ५, २०७८ (८:०८ AM)

ताइवानद्वारा नयाँ लडाकु विमान सार्वजनिक

ताइपेई । ताइवानले नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । अपग्रेड गरिएका एफ–१६ लडाकु विमान सार्वजनिक गरिएको हो । पाइलटहरूले दक्षिण-पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा अपग्रेड गरिएका एफ-१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा दुई दर्जनभन्दा बढी एफ-१६ भी सहभागी भएको जनाइएको छ ।

सन् १९९० को दशकमा अमेरिकासँग खरिद गरिएका पुराना एफ-१६ लडाकु विमानलाई अपग्रेड गरेर ताइवानले भाइपर विमान बनाइएको हो । 

यसबाहेक, ताइवानले अमेरिकी निर्माता कम्पनी लकहिड मार्टिनबाट ६६ वटा नयाँ एफ-१६ भाइपर लडाकु विमान खरिद गर्दैछ । २०२३ सम्ममा ती विमान ताइवानमा आउने बताइएको छ । पछिल्लो समय ताइवानले चीनबाट बढ्दै गएको खतराबीच आफ्नो सैन्य शक्ति सुदृढ तथा विस्तार गर्न थालेको छ ।

Top