पुनर्बहाली हुँदै अब्दल्ला हामम्डोक

एजेन्सी   POSTED ON : मंसिर ७, २०७८ (६:१७ AM)

पुनर्बहाली हुँदै अब्दल्ला हामम्डोक

कार्टुम । सैनिक विद्रोहबाट अपदस्थ हुनुभएका सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकलाई शर्तसहित पुनर्बहाली गरिने भएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनुभएका प्रधानमन्त्री हाम्डोकलाई पुनर्बहाली गर्न लागिएको हो । उहाँसँगै सबै राजनीतिक बन्दीहरूलाई रिहा गरिने भएको छ ।

सेना, नागरिक नेताहरू र पूर्वविद्रोही समूहहरूबीचको नयाँ सम्झौतापछि सुडानमा नयाँ राजनीतिक अध्याय सुरु भएको बताइएको छ । गत २५ अक्टोबरमा सुडानको सेनाले आपतकालको घोषणा गर्दै नागरिक सरकार विघटन गरेको थियो । सेनाले सत्ता हत्याएपछि हप्तौंसम्मको जनविरोध प्रदर्शनका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको थियो ।

Top