अफगानिस्तालाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

  POSTED ON : मंसिर ७, २०७८ (१२:५५ PM)

अफगानिस्तालाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभएको हो । 

उहाँले विश्वका दाता राष्ट्रहरु तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गर्नुभएको हो । सोमबार मात्र अफगानिस्तानका लागि चीन र इरानले सहायता सामग्रीहरु प्रदान गरेका थिए । 

Top