दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु-हृवानको निधन

एजेन्सी   POSTED ON : मंसिर ८, २०७८ (६:२७ AM)

दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु-हृवानको निधन

सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु-हृवानको ९० वर्षको उमेरमा मंगलबार निधनभएको छ । गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समयानुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधनभएको हो । 

पूर्वसेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ताकब्जा गरी सन् १९८८ सम्म देशमा शासन गर्नुभएको थियो । पूर्वसैन्य कमाण्डर हृवानले सन् १९८० मा लोकतान्त्रिक पक्षधरहरूको प्रदर्शनमा दमन गरेर नरसंहार गरेको आरोप छ । उहाँलाई अदालतले यो अभियोगमा आजीवन जेल सजाय पनि सुनाएको थियो ।

Top