युरोपमा मार्चसम्म कोरोनाबाट थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

एजेन्सी   POSTED ON : मंसिर ९, २०७८ (७:१४ AM)

युरोपमा मार्चसम्म कोरोनाबाट थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

न्यूयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । पछिल्ला दिनहरूमा तीव्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरू र युरोपसँग जोडिएका एशियाली देशहरूमा ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी डल्युएचओले दिएको हो ।

डब्लुएचओले युरोप क्षेत्रमा राहेका ५३ वटा देशमा अहिलेसम्म १५ लाख बढी मानिसको मृत्य भइसकेको र आगामी वसन्तसम्ममा यो संख्या २२ लाख पुग्ने दाबी पनि गरेको छ । मार्चसम्ममा युरोपेली देशका अस्पतालहरूका सघन उपचार कक्षमा भयंकर चाप पर्ने पनि डल्युएचओको प्रक्षेपण छ । युरोपका थुप्रै देशहरूमा अहिले कोरोनाको अनिवार्य खोप र लकडाउनको विरोध भइरहेको छ । नेदरल्याण्ड, अष्ट्रिया, बेल्जियमलगायत देशहरूमा हिंसात्मक प्रदर्शनसमेत भएका छन् । जर्मनी, फ्रान्स, ग्रीसलगायत देशहरूले भने दुईवटै खोप लगाइसकेकालाई बुष्टर डोज दिने तयारी गरेका छन् ।

पछिल्ला दिनमा रूसमा मात्रै दैनिक मृत्युदर १२ पुगेको छ भने युरोपमाचार हजार दुई सय पुगेको छ । खोप नलगाएकाहरूको हताहती र डेल्टा भेरियन्टको असर निकै खतरनाक देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले धेरैभन्दा धेरै मानिसको ज्यानबचाउनका लागि सबैको उत्तिकै दायित्व हुने बताएको छ ।

Top