चीनमा घट्दो जन्मदर

एजेन्सी   POSTED ON : मंसिर ९, २०७८ (७:१६ AM)

चीनमा घट्दो जन्मदर

बेजिंग । चीनको जन्मदर सन् १९७८ पछि पहिलोपटक सबभन्दा तल्लो स्तरमा पुगेको छ । चीन सरकारले जनसंख्या बढाउनका लागि विभिन्न प्रयास गरिरहेको भए पनि सफलता हासिल भइरहेको छैन । सन् २०२० मा प्राकृतिक जन्मदर घटेर प्रतिहजारमा १.४५ पुगेको छ ।

जनसंख्याविद्हरूले प्रसव गर्ने उमेरका महिलाहरूको संख्या घटिरहेको अनि परिवारको पालनपोषणको खर्च बढिरहेकाले गर्दा जनसंख्यामा कमी आइरहेको बताएका छन् । चीनमा लामो समयसम्म एक सन्तान नीति लागू गरियो । निकै पछि आएर त्यसलाई खुकुलो बनाइएको भए पनि चिनियाँहरू आफैं बच्चा जन्माउन चाहिरहेका छैनन् । त्यसले गर्दा चीनमा युवाको संख्या निरन्तर घटिरहेको छ र सरकारको चिन्ता बढिरहेको छ ।

Top