तालिवानद्वारा एक सयभन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या : हृयुमन राइट वाच

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:२४ AM)

तालिवानद्वारा एक सयभन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या : हृयुमन राइट वाच

काबुल । तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि एक सयभन्दा बढी पूर्वसुरक्षाकर्मीको हत्या गरेको मानव अधिकारवादी समूह हृयुमन राइट वाचले जनाएको छ । तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमाण्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको वाचले जनाएको हो ।

वाचले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ । पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएको हालै तालिवान प्रवक्ताले जनाएका थिए । वाचले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिवानले सत्ता सम्हालेपछि निरन्तरविरोधीलाई निशाना बनाएको उल्लेख छ । वाचका अनुसार तालिवानले गजनी, हेलमण्ड, कुन्दुज र कान्दहरमा एक सयजनाभन्दा बढीको हत्या गरेको छ ।

Top