छाडी सबैलाई,छाडी सबैथोक
नितान्त एक्लो,
महाप्रस्थान पछि उ, जलिरहेथ्यो लास भएर !
जल्नु अघि एकोहोरो,
शंख फुकिएको थियो !
यस धर्तीमा उसको भुमिका समाप्तिको,
सायद त्यो शंखघोस थियो !
उ आफ्नो जिम्मेवारी पुरागरि
फिर्ता हुँदैथियो आज,
उहि अनन्त,अथाह र
उदगम प्रकृति तर्फ !
उ आगो बनेर जल्दै थियो,
उ हावा बनेर उड्दै थियो,
उ पानीमा मिसिँदै थियो,
उ माटोमा मिसिने तर्खरमा थियो !
उ अब पुर्ण रूपमा,
आगो,हावा,पानी,माटो,
खनिजमा परिणत हुँदैथियो !
तत्पश्चात,एवं रितले,
एउटा अर्कै नयाँ जीवन प्रक्रियामा
पुनः उ संलग्न हुनेछ !
बोट बनेर,बीर्य बनेर,
जीवाणु अनि मान्छे बनेर,
यो ढंगले यो रूपमा !
सायद उ अब नयाँ अवतारमा,
अबतरित हुनेछ फेरि यस जगतमा !
अवतरण पछि फेरि उसले
उडान भर्नुपरेछ कुनैदिन,
उडान पछि अवतरण !
अवतरण र उडान बीच
बिचरण गर्ने अन्तराल नै त रहेछ
आखिर मान्छेको जीवनकाल !
-काठमाण्डौं ।
Views: 410