गजल
चिरन्जिवी सुवेदी
सङ्गै सङ्गै यात्रा गर्ने कोही छ कि ।
पिरतीको बीऊ छर्ने कोही छ कि ?
लुकाउँदै मनका पीडा भावनामा बदलेर
दुखी आत्मा भित्र खुशी भर्ने कोही छ कि ?
आऊ सङ्गै यात्रा गरौ एकरुपि भावनाले
साथ दिई यता बसाइँ सर्ने कोही छ कि ?
असल अनि पबित्र मित्रताको नातालाई
हामी सङ्गै हातेमालो गर्ने कोही छ कि ?
मित्रतामा स्वार्थ लुटी खुशीहरु सजाउने
संगसगै हाम्रो खुशी हेर्ने कोही छ कि ?
Views: 334