अब्यक्त चाहनाहरु कुर्लेर,
दौडिरहेका ,
ए ! पानीका छालहरु हो !
भिजाएर सपनाहरु घामले ,
जूनले नुहाएर सर्बाङ्ग प्रकृति ,
तिम्रा सामु खत्रक्क राखेर सोध्न मन छ,
भन !
तिमी घाम रोज्छौ कि जून ?
तिमी सपना रोज्छौ कि,
सर्बाङ्ग प्रकृति ?
म त,
प्रश्नहरुको बिहान उठ्छु,
समस्याहरुको दिन दगुर्छु,
र,
समाधान हिन तनावग्रस्त रात सँग,
अवेर सम्म तिमीलाई ,
कुरिरहन्छु नाङ्गै ,
जब,
अर्ध निन्द्रामा ,
टोलाउछु ओछ्यान ,
पुरै,
शिव लिंगमा झुत्तिएका महिलाहरुको,
छाया चित्रले लज्जित हुन्छ सपना,
जब,
झल्यास्स बिउँझन्छु लाज सरी,
बिउँझदा,
एउटा युग को अन्त्य भैसकेको हुन्छ,
र,
यस्तो लाग्छ,
यो शिव लिंग नभएको भए ,
म कति रमाउथे होला आज ?
–ज्योती किरण, झापा
Views: 600