बादलुले छेक्दा तिमीलाई क्षितिज देखि माया गर्छु,
कल्पनामा डाँडाकाटी बेहोसिमै सागर तर्छु ।।
एक्लै हुँदा बिहानीपख शीतको थोपा तरेलीमा
प्रतिबिम्ब तिम्रै छाँउछ दुई आँखाको परेलीमा ।।
सुनसान खाली कोठा तिम्रो यादले भर्छु
कल्पनामा डाँडाकाटी बेहोसीमा सागर तर्छु ।।
जुनतारा लाग्छ प्यारो तिमी जग जगाउँछांै
फूलहरु माझपनि तिमी मग मगाउँछौ ।।
जे लाई पनि माया गर्छु आफै छक्क पर्छु
कल्पनामा डाँडा काटी बेहोसीमा सागर तर्छु ।।
–पार्वती निरौला
काठमाडौं ।
Views: 366