21st January | 2021 | Thursday | 4:40:23 AM

मुक्तक

संजिता बाँस्कोटा   POSTED ON : जेठ २३, २०७४ (६:०८ PM)

मुक्तक

-संजिता बाँस्कोटा-

आँखामा सपना सजाउँने त्यै परदेशी हो ,

पसिनाको गन्धमा रमाउँने त्यै परदेशी हो ,

आफ्नो खुसी सबै लिलामीमा राखेर ! 

आफ्नाको मुहार हँसाउने त्यै परदेशी हो !! 


एक मुठी सासको के कुरा गर्छौ ,

प्रवासका बासको के कुरा गर्छौ ,

पल पल मान्छे मरेर जीउँछन् ! 

जिउँदो लासको के कुरा गर्छौ !!

                   -काठमाडौं ।



Views: 937