असनको गल्लिमा
दुवै तिरका अग्ला अग्ला घरलाई छिचोल्दै
वर्षिरहेको छ झरी
अविराम
सो झरीको प्रकोप छल्न
बटुवाहरु पनि
घरि यो घरको त घरि त्यो घरको
छेको लाग्दै अगाडि बढ्दैछन्
त्यतै कतै ओत लाग्दै छु म पनि
अलि पर चोकमा एउटी बालिका
झरिको पर्वाह नगरि
अंगालोमा एक बिटो छाता सम्हालेर
प्रत्येक बटुवालाई
आशातित भावमा सोध्छे, “छाता– हजुर, ल लिनुस् छाता हजुर”
उसलाई देखेर विस्फारित हुन्छु म
अरुलाई छाता बेच्न आतुर ऊ
आफू भने लछप्पै भिजेकी छ,
र पनि त्यसको कुनै पर्वाह नगरि
ऊ प्रत्येक बटुवालाई
त्यसै गरि सोध्छे, “छाता हजुर, ल लिनुस छाता हजुर”
उसलाई आफु नेर आउन इसारा गर्छु म
सायद छाता किन्न वा, ऊसँग एकछिन बातमार्न
सोध्छु, “सबैलाई छाता बेच्ने साहुनी भएर पनि तिमी आफु किन भिजेकी?”
“यी छाता मेरा होइनन् हजुर,
यी त साहुका छाता हुन्, दिनभरि बेच्यो, कमिशन थाप्यो
नबिकेका जति साहुलाई फिर्ता ग¥यो ।” उसले सहजै भनी ।
“अनि तिमीलाई छाता ओढ्न मन लाग्दैन?”
“मन भएर छाता ओढ्न पाइन्छ र?
छाता ओढ्न त सामथ्र्य चाहिन्छ ।
सायद संसारमा म गरिबका लागि छाता बनेका छैनन ।”
मसँग छाताको पैसा बुझेर
ऊ फेरि चोक तिर हान्निइ ।
म उसलाई हेरेर एकोहोरिएँ,
“उसका लागि छाता बनेको छैन
मेरालागि लोकतन्त्र आएको छैन ।
Views: 327