कविता– ‘मन’
प्रेम पुष्पले श्रृङ्गारित चमन
छ हेर्दै अकलुषित कञ्चन
जहाँ बरालिन्छ सधैँ पवन
त्यहाँ रमाउछ यो मेरो मन
मन भित्र पनि छ अर्को मन
जहाँ छ नृत जगत र जीवन
हुन्नन् कोही कमजोर अदना
त्यही छ मेरो प्रेमको समर्पण
कोही हुदैनन् फजित फकिर
जहाँ हुन्छ प्रेम सिद्ध चमन
ईर्ष्या, क्रोध र लालच हुदैन
हुदैन यहाँ कसैको प्रख्यापन
यस्तो छ मैले देखेको चमन
जहाँ भेटिनेछैन बियोगी मन
प्रेमभावले सबै भएर अर्पण
खुसीको साथ गर्छन् समर्पण
Views: 514