‘गण’
गणबहाल होस् या कुनै गण !
गुणादी होस् या त्यो गुणगाउँ !!
गुणवत्ताको छैन त्यहाँ गणना !
गुणग्राहीहरु भइ रहेछन् गौण !!
गुणबोधक मै हूँ भन्दो छ दुर्गुण !
गुणवान् को नहुने भो गुणगान !!
गुणस्तरहीनहरु कै हुँदैछ गुणा !
गुणगम्भीर प्रश्न,बेहिसाब गणित !!
गणराज्य अगणित र गणपतिहरु !
गुणात्मक हुन्छ र अनि गणतन्त्र !!
Views: 432