खाटो बसेपनि दुख्छ घाउ त्यँही नीर,
जोडिदिन्छ निर्माेहिको नाउ त्यँही नीर ।
गाउँ छोडे शहर छोडे ,तरे समुन्द्र नै,
पछ्याइरह्यो याद जहाँ जाउ त्यँही नीर ।
घटाउछु माया भनी खाए कसम कति ,
बढ्दै गयो झनै उसको भाउ त्यँही नीर ।
घुम्ति पिच्छे अतितले सताइदिएपछि ,
झर्छ आँशु बनिदिन्छ तलाउ त्यँही नीर ।
Views: 232