5th December | 2020 | Saturday | 11:57:45 AM

भूउपयोग र कृषि उत्पादन

स्वयम्भुनाथ कार्की   POSTED ON : असार ३२, २०७५ (११:१५ AM)

भूउपयोग र कृषि उत्पादन

केही वर्ष पहिले धानका बालाले पहेलपुर हुने फा“टले हाल हलो देख्न पाएका छैनन् । पंक्तिबद्ध सिमेन्टका खम्बाहरू तिनीहरूका टुप्पामा तानिएका बिजुलीका तार, अनि त्यसमुनि बाटाको रूपरेखा दुवैतिर आलियुक्त चहुर आ“खामा बिझाउ“छन् । यी हुन् आवास उद्यमीको उद्यम जसलाई सरकार तथा बैंक सबैले सुविधा दिन्छन् । किनभने यस्ता घडेरी किनबेच हु“दा सरकारले राजस्व प्राप्त गर्दछ । बिगाहा जग्गा तीस–चालीस किलोमिटरको यात्रामा देखिन्छ । खोज्ने हो भने यस्ता उद्यमका उद्यमी कुनै न कुनै दलका प्रभावशाली वा प्रभावशालीका नजिकका भेटिन्छन् । अझ कोहीले त त्यो बा“झो जग्गाको पुर्जाको आधारमा सरकारको कृषिको विषेश बजेट पनि कुम्ल्याएको भेटिएमा आश्चर्य नमाने हुन्छ ।

गाउँ देहात पस्ने हो भने जोतेर हिल्याउन ठीक पारेर राख्दाराख्दै झार पलाएका बा“झा जग्गा भेटिन्छन् । त्यसैको छेउमा कतै पहँेलिन लागेको धानको बीउका ब्याड पनि भेटिन्छन् । कतै पानी पर्खेर बस्दाबस्दै बा“झो पल्टेका, कतै खेताला खोज्दाखोज्दै बा“झो पल्टेका जग्गा प्रसस्त हुन्छन् । कतै खेती खर्चको निमित्त बैंकमा अर्जी हालेर पनि ऋण नपाई बा“झिएको जग्गाको पीडा बेग्लै छ तर धानको बीउको माला लगाएर, गमलामा करुवाले पानी हालेर, कतै हिलोमा छिल्लिएर वा हिलो लाग्ला भनेर प्लास्टिक बिछ्याएर असार पन्ध्रमा धान दिवस मनाउने कृषकलाई देहाती वास्तविक किसानको पीडा के थाहा ¤

हो सबै पेशामा आआफ्ना किसिमका जोखिम हुने गर्छन् । अन्य सबै उद्योग वा पेशाका जोखिम क्षमता, कौशल तथा व्यावसायिक चातुर्यले हल गर्न सकिन्छ । सम्पूर्णरूपले हल नभएमा पनि सहज वा अस्तित्व कायम राख्न सक्नेसम्मको हल पाइन्छ । तर, कृषि उद्योगका कठिन समस्या प्रायःजसो हल गर्न नसकिने प्रकारका हुन्छन् । प्रकृति अनि मौसमको अनुकूलता प्रतिकूलतासँग लुकामारी खेल्दै आफ्नो समस्या हल गर्नु चानचुने कुरा होइन । गमलामा धान रोप्ने, हिलोमा छिल्लिने विज्ञहरूको परिकल्पनामा थपिने कष्टको पूर्वानुमान पनि त्यत्तिकै चुनौतीपूर्ण छ ।

कृषिको कठिनाइ बढ्दै गरेको उत्पादन लागत, बिक्री हुन नसकेर बाटोमा पोख्नु वा फल्नु परेका उत्पादन सुन्नेलाई त सामान्य लाग्ला तर भोग्नेका लागि जीवन मरणका प्रश्न हुन्  । भारतका  विभिन्न प्रान्तमा छिटपुट तर निरन्तर सुन्न पाइने किसानको आत्महत्याका समाचार अनि नेपालमै पनि विदेशी मुलुकमा तल्लो स्तरको काम गर्न आफ्नो श्रीसम्पत्ति जाकटी राखेर जाने प्रवृत्ति यही कृषिको जोखिम हल गर्न नसकेर आएको हो । नत्र भने आफ्नो थातथलो तथा प्रियजन छोडेर को परदेशिन चाहान्छ र ¤ यदि आफ्नो थातथलो र आफन्तको साथ छोडेकै हो भने किन कठिन मिहिनेत गरेर पेट काटीकाटी पैसा नेपाल पठाउँथे र ? उनीहरू आफ्नो ठाउँ छोड्न मन लागेर होइन बाध्यताले मात्र विदेशिनु परेको हो भन्ने यसबाट प्रमाणित हुन्छ ।  

अन्य उद्योगको प्रमुख समस्यामध्ये एक प्रतिस्पर्धा र त्यसबाट सिर्जित बजारमा आफ्नो हिस्सा कम हुने वा आफू बजारबाट प्रतिस्थापन हुने खतरा हो । मिलेमतो प्रणाली जसलाई कार्टेलिङ भनिन्छ, यसै खतराबाट आफूलाई सुरक्षित राख्ने अचुक हतियार हो । यो काम कानुनीरूपमा अवैध भए पनि विभिन्नरूपमा निर्वाध चलिरहन्छ । अझ भन्ने हो भने यसबाट हुने हानी सबैलाई हु“दैन, कसैलाई हानी भयो भने अर्काले लाभ प्राप्त गर्छ । यसका अरू प्रमुख समस्या बन्द तथा हडताल हुन् । यी मानव निर्मित जोखिम हुन् । ज्यादाभन्दा ज्यादा नाफामा ज्यादा हिस्सा पाउनुपर्ने वा ज्यालामा बढोत्तरीको आकांक्षामा यस्ता बन्द वा हड्ताल हुने गर्छन् । संविधानले दिएको सामूहिक सौदाबाजीको अभ्यासमा भएका यस्ता हडताल मोलमोलाइबाट हल हुन्छन् र हुने गरेका पनि छन् ।

अन्य उद्योग व्यवसायमा प्राकृतिक विनासबाहेकका कुनै यस्ता समस्या हँुदैनन् जसको समाधान मान्छेको क्षमता र कौशलले हल गर्न नसकोस् । विकासको क्रममा कुनै एक वस्तु वा सेवाको रूप परिवर्तन भएर पुरानो रूपको विस्थापन हुने क्रमलाई जोखिमको रूपमा लिनु हँुदैन । कृषि उद्यममा अन्य उद्योगका सबै समस्याका साथै अन्य विशिष्ट समस्या पनि हुने गर्छन् । यस्ता समस्या मानवका कुनै क्षमता वा कौशलबाट सहजै हल हुन नसक्ने प्रकारका हुन्छन् । 

तेस्रो विश्वका ज्यादातर मुलुकले अपनाएको अर्थव्यवस्थाले कृषि उद्योगमा यस्ता समस्या हल गर्नुभन्दा पनि अझ विकरालरूपले बढाउन सहयोग पु¥याएका छन् । फलस्वरूप यस्ता मुलुकका कृषक तथा कृषि उद्यमी कृषिबाट विस्थापित हुने क्रम त बढेकै छ, अझ कहिलेकहीँ त आत्महत्याजस्ता दुःखद् समाचार पनि सुन्नुपर्छ । यस्ता मुलुकमा कुनै विशेष कृषि उत्पादन आयात गर्नु परेन भने त्यसलाई ठूलो सफलता मानेर सत्ता सञ्चालक आपैmँले आफ्नो पिठ्यूमा धाप मार्ने गर्छन् ।

यसको विपरीत चुपचाप आफ्नो बढी भएको कृषि उत्पादन यस्तै मुलुकमा निर्यात गर्ने मुलुकले तेस्रो विश्वको प्रगतिशील कृषि प्रणाली अपनाएका छैनन् । जग्गाको खण्डीकरण कृषि उद्योगका निमित्त हानिकारक हुन्छ भन्ने शुद्धि भने नभएको होइन । खण्डीकरण भएको भूमिलाई फेरि एकत्र गर्ने उनीहरूको प्रयत्न कृषि सहकारीका रूपमा सामुन्ने आएको छ । प्रमुख समस्या भने जहा“ को तहीँ छ । सहकारीहरूको धमाधमको असफलताले हाल सामूहिकरूपमै यी टाट पल्टने खतरा बढेको छ ।

अन्य व्यवसायमा भएको प्रमुख जोखिम प्रतिस्पर्धा कृषि उद्योगमा भने वरदान हो । एक्लैले कुनै विशिष्ट बाली लगाउ“दा हुने हानी धेरैले लगाउँदा सबैमा भाग लाग्छ र आफ्नो हिस्सामा कम पर्छ । उत्पादन वृद्धिले बजार हिस्सा घटाउने नभई बरु नया“ अवसर पैदा भएर माग बढ्ने कृषि उत्पादकहरूको सामान्य प्रवृत्ति हुन्छ । कृषि उद्यमको सबैभन्दा ठूलो जोखिम भनेको एकपटक कुनै बाली राम्रो हुने र अर्को बाली पटक्कै नहुने अनि अर्कोपटक यसको ठीक विपरीत हुने समस्या पनि हो । यस परिस्थितिको अग्रिम आकलन गर्न सकिँदैन । 

यसको सबैभन्दा असरदार उपाय भनेको विविध बाली लगाउनु नै हो तर सीमित क्षेत्रफलमा कृषिलाई सीमित गर्दा यो सम्भव हु“दैन । राज्य नियन्त्रित बाली योजना हो भने कुनै पटक कुनै बाली नराम्रो हु“दा त्यो लगाउने कृषक कंगालीको स्तरसम्म पुग्छ । अनि उसका सामुन्ने आत्महत्यामात्र विकल्प रहने दुःखद् परिस्थिति आउने सम्भावना प्रवल हु“दै जान्छ । 

विकासे खेती प्रणालीका निमित्त भएका प्रयत्नहरूले कृषि उद्यमको ढाड भाँच्ने काम त गरेकै छ अझ भूमिमा नचाहि“दो किसिमले हस्तक्षेप गरेर कृषि उद्यमलाई धुलै चटाउने काम किन ह“ुदैछ । कतै अमेरिकाको गह“ु, अष्ट्रेलियाको मासु र दूध, न्युजिल्याण्डको धुलो दूध आदिको बजार कायम राख्न त यो सबै प्रयत्न भएको छैन । नत्र भने मुलुकको सानो क्षेत्रफलमा सबैको हिस्सा चाहिन्छ भन्नेहरू विश्व नागरिक भएका कारणले विश्वका सम्पूर्ण प्राकृतिक सम्पदाको समान वितरण हुनुपर्छ भन्ने आवाज किन उठाउँदैनन् । 

कुनै मुलुकको सरकारले कसैलाई आफ्नो नागरिक स्वीकार नगर्ला, उसको त्यो निर्णय अवैधानिक होला तर विश्वमा रहेका सबै मानिस निर्विवादरूपले विश्वनागरिक हुन् । आदिवासी जनजातिको कुरा उठान गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन विश्वका सबै मानव पृथ्वीका आदिवासी जनजाति हुन् भन्न किन चुकेको छ ।

कृषि सबैभन्दा जोखिमपूर्ण, आदिम, महŒवपूर्ण अनि भविष्यमा पनि अति आवश्यक उद्यम हो । विश्वमा प्रचलित सबै धर्ममा कृषि उद्यमी वा किसानलाई सम्मान गर्नुपर्ने कुरा छ । जब भारत कठिनाइमा परेको थियो जवाहरलाल नेहरूले नारा दिए ‘जय जवान जय किसान’ । कृषि उद्यम र उद्यमीको कान निमोठेर मात्र होइन  बरु त्यसको सम्मान गरेर मुलुक उ“भो लाग्छ । बा“झो राख्ने कृषकलाई दण्ड गर्नु भनेको उसको घा“टी समातेर उत्पादन बढाऊ भन्नु हो । जग्गाको प्रस्तवित भूउपयोग नीति भनेको अहिले हस्तगत गरेर सिमेन्टका पोल ठड्याउनेको हितमा हुने हो । भूउपयोग नीतिमा जग्गाको वर्गीकरणको आधार के हुन्छ त्यसैले यसको नियत जनाउ“छ ।

पहिले कायम रहेको उब्जनीको सम्भाव्यताको आधारको जग्गा वर्गीकरण हटाएर नया“ वर्गीकरण किन गर्नुप¥यो ? अब्बल, दोयम, सिम र चाहार चार किसिममा जग्गामध्ये अब्बल र दोयम केवल खेतीका निमित्त उपयुक्त हुन् भनेर तोकिएका जग्गा  हुन् । यस्ता जग्गालाई घडेरी बनाउ“दा माटो प्रसस्त मात्रामा पुर्नुपर्ने हुन्छ । सिम र चाहार मात्र घडेरीका निमित्त तोकिनुपर्ने जग्गा हुन् तर यसका लागि सरकारसँग साहस चाहिन्छ । खेती गर्दागर्दै समस्या भएर आफ्नो जग्गा बा“झो राख्ने किसानलाई दण्ड होइन समस्या हल गर्न सहायता चाहिन्छ । प्लटिङको नाममा बा“झो राख्नेलाई सरकारी सहायता, बैंक कर्जा होइन दण्ड तिराउन सक्नुपर्छ । होइन भने आफ्नालाई पोस्ने भूउपयोग नीति नआएकै बेश ।

(कार्की विराटनगरबाट लेख्छन्)


Views: 215