8th March | 2021 | Monday | 6:46:54 AM

ट्रिपर आतंक र सरकार

रामजीप्रसाद दाहाल   POSTED ON : श्रावण ३, २०७५ (११:२४ AM)

ट्रिपर आतंक र सरकार

हरेक घरमा सानो वा ठूलो कुनै न कुनै प्रकारको सवारीसाधन हुन्छ । सहज गन्तव्यमा पुग्न प्रयोग गरिने सवारी साइकलबाट प्रारम्भ हुन्छ र मोटरसाइकल अनि गाडीमा परिवर्तन हुँदै गइरहेको हुन्छ । यकिन तथ्य नभए पनि साइकल यात्रीबाहेक दर्ताको हिसाबले मोटरसाइकल, कार, जिप, डेलिभरी भ्यान, ट्रक, बस, ट्रिपरसहितका विभिन्न किसिमका साधनको संख्या दिनानुदिन बढ्दो छ । 

घरबाट पढ्न हिँडेका छोराछोरी विद्यालय गएर अनि घरको अभिभावक काममा गएर र जागिर खाएर वा गन्तव्यमा हिँडेका यात्रु गन्तव्यसम्म पुग्न केही ढिला हुनेबित्तिकै घरमा बस्ने मानिस तनावमा पर्नुपर्ने अवस्था छ । त्यसमा पनि आजभोलिको ट्रिपर आतंक साँच्चै कहालिलाग्दो छ ।

घर, गाडी, मोटरसाइकल नहुनु विपन्न हुनु हो भन्ने बुझाइबाट समाज डोहोरिँदै छ । यसले गर्दा आवश्यकताभन्दा प्रतिस्पर्धाका कारणले सवारीसाधनको खरिदबिक्री फस्टाउँदै गएको छ । नेपाल सरकारद्वारा सञ्चालित सरकारी सेवाप्रदायक सवारीसाधन बन्द हँुदै जानु र प्राइभेट कम्पनीको मनोमानी बढ्दै जाँदा सवारीसाधन मोटरसाइकल वा गाडी खरिद गर्ने अभियान नै चलेको छ । त्यसमाथि पनि सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने हिंसाले स्कुटीको खपत पनि पछिल्लो समय हृवात्तै बढेको छ । 

हरेक घरका मानिस वैदेशिक रोजगारीमा हुनुले पनि सवारीसाधनको माग र आपूर्ति बढेको पाइन्छ । पछिल्लो समय शहरकेन्द्रित घरजग्गाको भाउ बढेको छ । यसले गर्दा थोरै जग्गा बेच्दा पनि मोटरसाइकल वा गाडी खरिद गर्न सहज बनेको छ । यही कारणले पनि हुन सक्छ प्राइभेट सवारी साधनको चाप बढ्न पुगेको छ । यो पनि सवारी दुर्घटनाको एउटा प्रमुख कारण हो ।

कमजोर सरकारी संयन्त्रलाई व्यवसायीले बसमा पारेर माइक्रो, टेम्पोजस्ता साना सवारीसाधनका संख्या बढाएका छन् । यसले गर्दा सडक जाम हुन जान्छ । हालैमात्र सञ्चालित साझा यातायात, महानगर यातायात, मयुर यातायात, मेट्रो सिटीजस्ता लामा र ठूला सवारीसाधन चलेमा बढी यात्रु आवतजावत गर्न सहज हुन्छ । यसो गर्न सके केही हदसम्म सार्वजनिक सवारीसाधनको जाम कम हुँदैजाने र सडकको अस्तव्यस्तता कम हुने थियो । दुर्घटनामा पनि कमी आउन यसले सघाउ पु¥याउँछ । 

आजभोलि ट्रिपर आतंक बढेको छ । निर्माण सामग्रीको उच्चतम खपत भइरहेको काठमाडांै उपत्यकामा मागअनुसारको बालुवा, गिट्टी, ढुङ्गा, माटोलगायतका सामान ओसारपसार गर्ने मुख्य साधन ट्रिपर हो । ट्रिपर आफैँ दुर्घनाको कारण होइन । चालकको लापरबाहीले मात्र दुर्घटना हुने हो । ट्रिपर चालकको उद्देश्य सडकमा यात्रा गर्ने मान्छे मार्ने अवश्य पनि होइन । सानासवारी चालकको गल्ती नै हँुदैन भन्ने पनि होइन तर अहिले लगातार भइरहेका दुर्घटनाका कारण ट्रिपर नै अर्घेलो बन्न पुगेको छ । 

कानुनको पालना नगर्ने प्रवृत्तिका कारणले गर्दा पनि यस्ता दुर्घटना हुने गरेका छन् । हेल्मेट वा हेल्मेटको फित्ता नलगाई मोटरसाइकल तथा स्कुटी चलाउने र रोक्न खोज्ने ट्राफिक प्रहरीलाई जागिर खाइदिने धम्की दिने अवस्था छ । प्राइभेट सवारीसाधनमा चालकले सिटबेल्ट बाँधेका हुँदैन र उल्टै ट्राफिकलाई आफ्नो पहुँचको धाक दिन्छन् । नो पार्किङमा गाडी, मोटर साइकल वा स्कुटी रोकिन्छ र आफ्नो पदको प्रभाव देखाउँछन् । हाम्रो आफ्नै यस्तो प्रवृत्ति छ भने अब अरूलाई दोष दिने ठाउँ नै छैन । 

हो ट्रिपर यमराजको दूत भएर हिँडेको छ तर ट्रिपरमात्र सडक दुर्घटनाको कारण होइन । किनकि हामी अत्यधिक मानिस मोटरसाइकल वा स्कुटीका प्रयोगकर्ता छौँ । मुसोमात्र छिर्न मिल्ने सानो प्वालमा पनि हामी हाम्रो सवारीसाधन छिराउँछाँै । त्यसमा पनि ठूला सवारीसाधन जस्तै ट्रिपर, ट्रक, बसमा ड्राइभरको सिट सडकबाट ५–६ फिटमाथि हुन्छ जसले नजिकै आफूमुनिको स्कुटी, मोटरसाइकल नदेख्न पनि सक्छ । त्यसैले आफूले पनि उसको नजिकै जानुभन्दा अलि वरपर रोकेर जाम खुल्ने समय कुर्नु आफू जोगिने एउटा उपाय बन्न सक्छ ।

नियमनकारी निकायको नियममा एउटा गाडी अर्को अघिल्लो गाडीको ३ देखि ५ फिट पछिमात्र रोक्नुपर्ने हुन्छ तर ५ इञ्चदेखि एक फिटको मात्र दुरीमा हामी हाम्रा सवारीसाधन रोकिरहेका हुन्छौँ । उकालो ओरालो बाटोमा झन् बढी समस्या देखिन्छ । पैदलयात्रीहरूको त झन् विकराल अवस्था छ किनकि जहाँ पायो त्यहीँबाट बाटो काट्ने चलन छ । हात उठाएर बाटो काट्छन् तर गाडी, मोटरसाइकलको ब्रेकको ब्यालेन्स बिग्रियो भने दुर्घटना हुनसक्छ अनि दोष हुन्छ सवारी चालकको । 

उपत्यकामा हाल ओभरहेड ब्रिज र जेब्रा क्रसिङ प्रशस्त छन् तर त्यसभन्दा बढी प्रयोग अन्यत्र हुन्छ । चेतनाको कमीले होइन यो जबर्जस्ती हो । ठूला सवारी साधनलाई दोषी देखाउँदै हामी उम्कन मिल्दैन, यसको राम्रो नियमन पनि गरिनुपर्छ । मोटरसाइकल चालकमध्ये अधिकतम कम उमेरका विद्यार्थी छन् । उनीहरूबाट धेरै दुर्घटना भएका छन् । यिनलाई कम गर्न कलेज पढ्ने विद्यार्थीले मोटरसाइकल र स्कुटर चलाउन नपाउने नियम बनाइयो तर चढ्नै नपाइने गरेर प्रतिबन्ध लगाउनुको साटो नियन्त्रणको कुनै उपाय अवलम्बन गर्न सके राम्रो हुन्छ ।

सार्वजनिक सवारी साधन चलाउने चालकले आफू र आफ्नो परिवारको मात्रै होइन धेरैको ज्यानसँगै वर्तमान र भविष्य बोकेर हिँडेको हुन्छ । त्यसैले उसलाई सकारात्मक सोच र चेतनाकोे विकास गर्न तालिम दिनुपर्छ । चालकहरूका लागि जीवनयापन हुने खालको पारिश्रमिक निर्धारण गर्नुपर्छ । उनीहरूका बालबच्चाको शिक्षादीक्षाका लागि उचित व्यवस्था मिलाइदिनु पर्छ । सार्वजनिक यातायात चलाउन पाउने उमेरको हद तोकिदिनु उचित हुन्छ । यसो भएमा साहुको निगाहमा उनीहरू बाँच्नु पर्दैन र पेशाप्रति प्रतिबद्ध पनि बन्न पुग्छन् । दुर्घटनामा कमी गराउन यसले सहयोग पनि गर्छ । 

हामी स्वतन्त्रताको नाममा अराजक बन्दै गएका छाँै जसले गर्दा हामी आज यो अवस्थामा पुगेका हाँै । सही कुरो बताउने हो भने हामीलाई कारबाही चाहिएको छ । नत्र भने ट्रिपरले मान्छे मा¥यो भनेर ट्रिपर बन्द गर्ने, बिरामी म¥यो भनेर अस्पताल बन्द गर्ने, राम्रो पढाएन भनेर विद्यालय बन्द गर्ने, गाउँमा बाढी पस्यो भनेर जग्गाको प्लानिङ बन्द गर्ने, बढी मूल्यमा सामान बेच्यो भनेर पसल बन्द गर्ने वा कमसल खाद्यसामान बेच्यो भनेर होटल बन्द गर्नेतिर लाग्यौँ भने समाधान आउन सक्दैन । 

हामीले यदि समाधान नै खोजेका हौँ भने नियम उल्लंघन गर्ने सानो वा ठूलो सवारी साधन जुन भए पनि गलतलाई गलत र सहीलाई सही भन्न सक्नुप¥यो र कडा कारबाही गर्नुप¥यो । हरेक सडकमा सिसी क्यामेरा राख्नुप¥यो जसले अनुसन्धान गर्न सहज होस् । साथै नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी वा नगर प्रहरी प्रयोग गरी सवारी लेन उल्लंघन गर्ने सवारी साधन र जहाँ पायो त्यहीँबाट बाटो काट्ने बटुवालाई कारबाही गर्ने व्यवस्था मिलाउनुप¥यो । 

सवारी साधनको हकमा रकमको जरिवाना गर्ने व्यवस्था मिलाइदिनुप¥यो भने पैदल यात्रीलाई नसिहत दिनुप¥यो जसले उसलाई नैतिकताको बोध हुन जाओस् र अर्कोपटक नियम उल्लंघन नगरोस् । बन्द समस्याको समाधान होइन । कानुनसम्मत कारबाही समाधान हो । यो कुरा कानुन पालना गराउने निकायले राम्ररी बुझ्न जरुरी छ । 


Views: 671