8th March | 2021 | Monday | 5:58:02 AM

पदको नैतिक जिम्मेवारी र राजीनामा

विनोद दाहाल   POSTED ON : श्रावण ९, २०७५ (११:३५ AM)

पदको नैतिक जिम्मेवारी र राजीनामा

पद र जिम्मेवारी ज्यादै महŒवपूर्ण कुरो हो । एक किसिमले भन्ने हो भने यो भारी पनि हो । यसलाई बोक्न नसक्ता आफैँ थिचिनु पर्ने हुन्छ । पदीय मर्यादा जोगाउन नसक्ता पदबाट हात धुनु परेका घटना नेपालमा मात्रै हुने होइनन् । नैतिकताका आधारमा मात्र होइन भ्रष्टाचारका आरोपमा पनि धेरै देशका धेरै नेताहरू पदबाट बाहिरिएका उदाहरणहरू छन् । भारतमा रेल दुर्घटना हुँदा रेलमन्त्रीले राजीनामा दिएका उदारहण अगाडि सार्न सकिन्छ । 

२०४५ सालमा नेपालको दशरथ रंगशालामा ९२ जना मानिस मरे । खेलकुद शुरु भएपछि रंगशालाका ढोकाहरू बन्द गर्न नपाइने, खुलै राख्नुपर्ने अन्तर्राष्ट्रिय नियम रहेछ तर त्यस दिन त्यहाँका सबैतिरका ढोकाहरू बन्द गरिएछन् । फुटबल शुरु भएको केही छिनपछि हावाहुरी, पानी र भिषण असिना पर्न थाल्यो । खुला आकाशमुनि बसेर खेल हेरिरहेका दर्शकहरू सुरक्षित ठाउँ खोजी गर्न थाले । बाहिर निस्कने बाटो पनि खोज्न थाले तर ढोकाहरू बन्द भएका कारणले कोही पनि निस्कन पाएनन् । रंगशालाभित्रै मानिसको हुलमा च्यापिएर त्यहाँ धेरैजनाको मृत्यु भयो । 

बेलुका रेडियो नेपालबाट ‘भीडमा थिचिएर, मिचिएर र किचिएर ७० जनको निधन भयो’ भन्ने समाचार प्रशारण भयो । यो नेपालमा पञ्चायती व्यवस्थाको समय थियो । रेडियो नेपालभन्दा बाहेक अन्य कुनै समाचार माध्यम नभएका बेला यसैलाई पनि पत्याउनु प¥यो तर साँझमा बिबिसीले ९२ जना मरेका भनेपछि प्रायजसो नेपालीले बिबिसीकै समाचारलाई विश्वास गरे । यो घटनाले पनि पञ्चायती व्यवस्थालाई कमजोर बनाउन सहयोग पु¥यायो र एक वर्षपछि भएको जनआन्दोलनले पञ्चायत फल्यो । 

यो प्रकरणले सम्बन्धित विभागीय मन्त्रीलाई भने प्रतिष्ठाको शिखरमा पु¥यायो । तत्कालीन शिक्षा, संस्कृति तथा खेलकुदमन्त्री केशरबहादुर बिष्टले नैतिकताका आधारमा पदबाट राजिनामा दिए । आखिर यो घटना उनले गराएका पनि थिएनन् । आफ्नो समयका अब्बल विद्यार्थी बिष्ट एसएलसीमा पनि बोर्डमा आएका थिए र उनी शिक्षा, संस्कृति र खेलकुदमन्त्री भएपछि सही मान्छेले सही पद पाएको टिप्पणी भएको थियो । उनले राजीनामा गरेपछि उनको मर्यादा झन चुलिएर गएको थियो । प्रजातन्त्र पुनस्र्थापनापछि भने उनी राजनीतिको सही गोरेटो समाउन नसकेर हो कि किन हो कता कता विचलित भइरहेका छन् । 

नैतिकता भनेको त्यस्तो हो जुन आफ्नो निर्देशनमा ती घटना नभएका भए तापनि आफ्नो जिम्मेवारीभित्र पर्ने क्षेत्रमा सार्वजनिक हानी हुने घटना हुन पुगे वा आफूले दिएको अभिव्यक्ति विवादास्पद बन्न पुगे नियमअनुसार राजीनामा गर्नु नपर्ने भए पनि राजीनामा दिने सामान्य प्रचलन छ । 

बहुदलीय व्यवस्था पुनस्र्थापनापछि नेपाली कांग्रेसको सरकार भएका बेला शैलजा आचार्य कृषिमन्त्री थिइन् । उनका साख्यै मामा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । कृषिमन्त्री शैलाजाले मेरो मन्त्रालयमा भ्रष्टाचारको जालो छ म त्यो जालो चिर्ने प्रयासमा छु भनिन् । उनको भनाइ गलत होइन । गलत होइन मात्र नभएर उनले शतप्रतिशत सही कुरो बोलेकी थिइन् तर विडम्बना सही कुरो पनि बोल्न नपाइने भयो । मन्त्रालयमा भ्रष्टाचारको जालो भएको कुरो सत्य भएर पनि सत्य कुरो बोल्न पाइनन् उनले । उनको भनाइको चौतर्फी आलोचना भयो । यसका पक्षमा र विपक्षमा तर्क र वितर्कहरू भए । अन्ततः उनी पदमा बसिरहन सक्ने अवस्था रहेन । त्यत्रो शक्तिशाली प्रधानमन्त्री मामाले समेत उनको बचाउ गर्न सकेनन् । उनी राजीनामा गरेर बाहिरिइन् । 

ताजै घटना हो, तत्कालीन कृषिमन्त्री हरि पराजुली असारको पन्ध्रमा धान रोप्न काठमाडौंको मूलपानी गए । त्यहाँ धान दिवस मनाउँदा र हिलो खेल्दा स्थानीय महिलाहरूसँग उच्छृंखल व्यवहार गरे भन्ने आरोप उनीमाथि लाग्यो । टेलिभिजनमा उनका केही क्लिपहरू देखिए । यो प्रकरण निकै उचालियो । उनले ती स्थानीय महिलाहरूसँग पत्रकारको भेट गराए । स्थानीयहरूले पनि त्यस्तो अभद्र व्यवहार भएको होइन भने तर उनले पनि मन्त्री पदबाट यही कारणले हात धुनुप¥यो । रक्षा मन्त्रीका रूपमा शरतसिंह भण्डारीले मुुलुकको भौगोलिक अखण्डताको रक्षाका विषयमा बोलेको कुरा विवादास्पद हुँदा उनले पनि राजीनामा गर्नुप¥यो । 

यी केही प्रतिनिधि घटना मात्र हुन् । खोजीपसे यस्ता घटना अरू पनि भेटिएलान् । अहिलेका कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा एमबिबिएस पढ्न गएका छात्राहरूको चरित्रमा आँच आउने केही अभिव्यक्ति दिए र उनको यो भनाइको आलोचना उनकै पार्टीका नेताहरूबाट समेत भयो । उनले माफी पनि मागे तर माफीले मात्र पनि उनलाई पदमा रहिरहन सहयोग गरेन र उनी आफ्नो पदबाट राजीनामा गरी बाहिरिएका छन् । 

यी केही प्रतिनिधि उदाहरणबाट के थाहा हुन्छ भने व्यक्तिले केही गल्ती गरिसकेपछि माफी मागेर मात्र पनि पदमा बसिरहन सकिँदोरहेनछ । रेल दुर्घटना हुँदा रेलमन्त्रीले राजिनामा दिनु, प्लेन दुर्घटना हुँदा नागरिक उड्डयनमन्त्रीले राजिनामा दिनु नैतिक प्रश्न हो जसका लागि ऊ प्रत्यक्षत संलग्न भएको हुँदैन । तर, आफ्नै अभिव्यक्तिका कारण कुनै विरोधाभाषपूर्ण वहस सिर्जना भयो भने ऊ त्यसका लागि प्रत्यक्ष रूपमै दोषी देखिन्छ किनभने त्यो उसले भनेकै कुरो हो । 

हाल शेरबहादुर तामाङले जुन कारणले राजीनामा दिनुप¥यो त्यो उनकै कारणबाट उठान भएको विषय हो । उनले त्यो अभिव्यक्ति कसरी दिए उनै जानून् । त्यो लिखित मन्तव्य हो कि वा मौखिक हो । त्यो उनी आफैँले तयार पारेको लेखोट हो वा सहयोगीले तयार पारिदिएको लिखित मन्तव्य हो त्यो उनको कुरो हो तर त्यसले समाजमा पार्ने गम्भीर प्रभावतर्फ उनले पहिले नै सोच्नुपथ्र्यो । 

अथवा यस्तो अभिव्यक्ति दिन लगाएर कसैले उनमिाथि षड्यन्त्र ग¥यो र आफ्नो राजनीतिक दुनो सोझ्यो । सिन्धुपाल्चोकबाट शेरबहादुरको राजनीति कमजोर पार्न यस्तो तानाबाना बुनियो कि पनि भनेर शंका गर्न सकिएला । यी अन्तर्यभित्र सामान्य जनता पस्न सक्तैनन् । उनीहरू त बाहिरबाट देखिने कुरा मात्र हेर्छन् । त्यसैले कुनै मन्त्री वा जिम्मेवारीमा बसेका व्यक्तिहरूले आफ्नो पदीय हैसियतको बचाउ गर्न आफैँ सतर्क रहनुको अरू विकल्प देखिँदैन ।  


Views: 415