5th December | 2020 | Saturday | 11:53:48 AM

अपेक्षा एकतातिर, प्राप्ति अर्कैतिर

राजन कार्की   POSTED ON : श्रावण १०, २०७५ (१०:५८ AM)

अपेक्षा एकतातिर, प्राप्ति अर्कैतिर

जनआवेग कस्तो हुन्छ, गाडिएका क्रमवेलको शवलाई खाल्डो उधिनेर निकालेनन् मात्र, चारदोबाटोमा लगेर झुण्ड्याइदिए । शव झुण्ड्याएर पनि रिस नमरेपछि, शवमाथि ढुंगामूढासमेत हान्यो भीडले ।

जनताले चाहेको भए २०६३ मा के गर्न सक्ने थिएनन् । यस अर्थमा राजा ज्ञानेन्द्र भाग्यमानी । यथार्थमा जनआवेग राजा ज्ञानेन्द्रमाथि होइन, राजतन्त्र सिध्याउन तयार पारिएको चक्रव्यूह थियो, यसकारण राजा ज्ञानेन्दलाई महादेव मानेर मरेको संसद ब्यूँताउन लगाइयो र जनआवेग त्यत्तिमा शान्त भयो । शीर्ष नेता पुतला थिए, दम दिनेले दम नदिएपछि पुतलाले नाच्न छाडे, तिनलाई बा“दर बनाइयो र लामो समय नचाइयो । हिन्दूराष्ट्र, राजतन्त्रको विध्वंश गराइयो र आजको नया“ विध्वंशको शृंखला चलिरहेको छ ।

नया“ शृंखलामा जनयुद्ध र जनआन्दोलनका हिरोहरूलाई भिलेन बनाउने अध्यायको सुरुआत भइसकेको छ । ओलीजस्ता खरा नेता यतिबेला निम्छरा सावित भइरहेका छन् । इटलीका ग्यारीवाल्डी बन्ने कि गएगुज्रेको, निर्णय ओली आफैंले गरून् । उनीस“गै मलेसियामा महाथिरको दोस्रो पपुलर इनिङ सुरु भएको छ । देश निर्माण, राष्ट्रिय एकता, सुशासन र समृद्धि कसरी ल्याउने, नेताले त्याग र साहस कसरी देखाउने र जनविश्वास कायम राख्ने भन्ने प्रेरणा लिनसक्छन् । ओली पतनमार्गमा लागेको पत्रु देख्न नपरोस्, ओली राजनेता बनून् भनेर हामी नागरिकले यी कुरा भनिरहेका छौं, विरोधी नठानियोस् । किनकि नागरिक सधैं नागरिक हुन्छन्, नागरिक विरोधी हुन सक्दैनन् । नागरिक विरोधी हुनेभए आज नेकपाको दुई तिहाइ हुने थिएन, हेक्का रहोस् ।

भारतको नाकाबन्दी, केपी ओली प्रधानमन्त्री । सिंगो नेपाल हाहाकार हुनपुग्यो । माधव नेपाल, प्रचण्डले नै त्यसअघि भारतीय प्यादा भनेर आक्षेप लगाइएका, यतिमात्र होइन, प्रचण्डले नै ओलीको नेतृत्वको एमालेलाई तेस्रोलिंगी भन्ने आरोपसमेत लगाइएका केपी ओली भारतीय नाकाबन्दीविरुद्ध पहाड बनेर उभिए । प्रत्येक नेपालीले सरकारलाई साथ दियो । नेपाली राष्ट्रवाद भारतका सामु झुकेन ।

शायद मान्छेको शरीरभित्रको एक टुक्रा कलेजो र देशभित्र एकमुठी माटो मान्छे र प्रकृतिको अनुपम देन हो । एकटुक्रा कलेजो र एक मुठी माटोबाट पनि स्वस्थ र सिंगो कलेजो र राष्ट्रवाद हुर्किन सक्छ । त्यतिबेला त्यही उदाहरण बन्यो ओली नेतृत्वको सरकार । त्यही गुणलाई चुनावमा भोट बन्यो र एमालेले जित्यो । यतिबेला नेकपाको दुई तिहाइ त्यही नाकाबन्दीमा देशभक्त बनेर उभिनुको प्रतिफल हो । जनताको आशीर्वाद हो ।

इतिहासमा सत्य डगमगाएका अनेक उदाहरण छन् । ओलीको त्यो सत्य, चुनाव जितेपछि सरकार प्रमुख बन्नासाथ डगमगायो । ओली सरकार बनेपछि सुशासन र समृद्धिको नारा खुब उछालेकै हो । भ्रष्टाचारको अन्त्य गर्छु भन्ने पनि उनै हुन् । यहा“सम्म कि हावाबाट बिजुली निकाल्ने, भान्सामा ग्यासको पाइप ल्याइदिन्छु भन्ने ओलीले काठमाडौं, लुम्बिनीसम्म चीनको चुच्चे रेल, स्मार्ट सिटीदेखि यही पुसमा पानीजहाज चलाउनेसम्मका भाषण गरेकै हुन् ।

भयो के, जनताले पाए के ?

के दियो ओली सरकारले ? मन्त्रीदेखि मेयरसम्म, संसददेखि स्थानीय निकायसम्म दुई तिहाइको दम्भ देखिन्छ, सुशासनको स्तम्भ दिनदिनै धरहरा भा“च्चिएजसरी भा“च्चिदै गएको छ ।

यही हो संघीय लोकतन्त्र ? पहिलो बजेट आयो, कालोधनलाई कालो भन्ने हिम्मत गरेन, बजेटमा एकपटक छुट दिने मसला घोल्यो । ६५ अर्बभन्दा बढी भइसक्यो एनसेलले तिर्नुपर्ने लाभकर, सरकारले उठाउन सकेन । यही सरकार २ हजार रुपैयाँ कोठा भाडामा लगाउनेस“ग १२ प्रतिशत कर उठाइरहेको छ । स्थानीय निकायमा जन्म, मृत्यु दर्ता, सिफारिशमा समेत हजार प्रतिशतसम्म कर बढायो । मालपोतदेखि घरजग्गा खरिदबिक्रीमा समेत कर बढाउन पछि परेन ।

चुनाव जिताउनुमा जनताको अपेक्षा के थियो ? ओली सरकारस“ग जनताले के पाए ? मूलकुरो देशको स्वाधीनतामा आ“च नआओस् । यिनै ओली भारत गए, मोदीलाई नेपाल निम्त्याए र अरुण सुम्पिए । चीन गएर केही राजमार्ग, केही रोजगारीमूलक उद्योगमा लगानी ल्याउन सकेनन् । यो सरकारले रोजगारी सिर्जना गरेर युवा पलायन रोकोस्, स्वास्थ्य शिक्षा देशभरिमा एउटै होस्, सुलभ होस् । निर्यातमूलक उद्योगहरू सञ्चालन हुन्, विदेशी लगानी ओइरियोस्, पर्यटनको विकास होस् भन्ने थियो ।

नाकाबन्दी अघि जुन दलाली प्रवृत्ति थियो, त्यसको अन्त्य होस् । कानुन बलियो होस्, पहु“च र सेटिङबाट कानुन नमिचियोस्, सक्षमको अधिकार नखोसियोस् भन्ने थियो । केही पनि त भएन । दलाल त नारीजातिलाई नगरबधु बनाउन पो उद्यत हुन थाल्यो । कानुनमन्त्रीले कानुन तोडे, माफी मगाएर उनलाई उन्मुक्ति दिइयो । अर्का मेडिकल माफिया दुर्गा प्रसाईंलाई प्रधानमन्त्री ओलीले अझै पक्राउ गर्न सकेनन्, खुलेआम अभिभावक समेतलाई पीडा दिने गरी महिलामाथि हिलो छ्यापिरहेका छन् । दुई तिहाइको सरकार, कानुन बलियो छ, विधिको शासन हो यो भनेर उदाहारण देखाउँन सक्दैन भने सरकारको औचित्य कति रहृयो र ¤


राजनीतिले कमाउने विश्वास हो । त्यही विश्वास चुनावका बेलामा भोटमा रूपान्तरण हुन्छ र भोटले सत्ताधिकारी बनाउने हो । केपी ओलीले जनविश्वास जिते, भर दिलाए, चुनाव जितेर प्रधानमन्त्री पनि बने । प्रधानमन्त्री बनेपछि उनले कमाएको विश्वासमा खिया लाग्न थालेको छ । उनी यसरी भ्रष्टहरूको जालोमा फसे कि मानौं माकुराको जालोमा माखा फसेको छ ।

यातायातमा सिण्डिकेट हटाउन ठूलै कसरत गरेको थियो सरकारले, त्यो देखावटीमा सीमित छ । तीनजनाको ज्यान लिने सुनकाण्डको अनुसन्धान प्रधानमन्त्रीले रोके । एयरपोर्टबाट ३८ क्विन्टल सुन भित्रिएको डरलाग्दो कथा सुरक्षा निकाय नै सुनाइरहेको छ । तस्करीका ठूला माछा पक्राउ गर्ने जानकारी गृहमन्त्री नै दिन्छन् । समानान्तर सरकार चलाउने एनजीओ र सञ्चालकको सम्पत्ति विवरण छानविन गर्न आदेश दिने गृहमन्त्री एकाएक यू टर्न गर्छन् र मौन हुन्छन् ।

आम अपेक्षा थियो १४ वर्ष जेल बसेका केपी ओली, नेल्सन मण्डेला बनून् । आधा बने पनि देशको भलो हुन्थ्यो । ओलीले जे जति भ्रष्ट, दलाल, तस्करको परिक्रमालाई महŒव दिइरहेका छन्, यो सब देखेपछि ६ महिनामै ओली शासन अधिनायकवादको आधुनिक अवतारजस्तो देखिन थालेको छ ।

ओलीको समय प्रतिपक्षीलाई गाली गर्ने, सत्याग्रहीको मान मर्दन गर्ने तथा माफियालाई दंग पार्नुमा बितिरहेको छ । बितेको पाँच महिनामा यो सरकारले गरेको एउटामात्र राम्रो काम के हो ? केही देखाउँन सक्दैन यो सरकार । यो सरकारले करको भार थपेर जनजीवनलाई थप आतंकित पारिरहेको छ । जुन जनताको भोट पाएर सत्तामा पुग्यो यो सरकार, अब तिनै जनता सडकमा उत्रनुपर्ने बाध्यताको सिर्जना भइसकेको छ । बहुमतको सरकारले जनताको आशीर्वाद पाउने काम गर्नुपर्नेमा सराप लाग्ने काम पो गर्नथाल्यो ।

देशमा दुई तिहाइको शासन, सडकमा विरोधको ज्वाला, सरकारको फौजी दमन । यसभित्रको रहस्य जान्न खोज्ने हो भने समाजवाद दलाल पु“जीवाददेखि दलाल पु“जीवादसम्मको कष्टकर यात्रा बन्नपुगेको छ । यी सबैको पृष्ठभूमिमा के भन्न सकिन्छ भने बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोग जो बनेको छ र त्यो सेतो हात्तीसरह सुतेर खाइरहेको छ । ती निकायलाई निस्तेज पारेर नया“ कानुन ल्याउने तयारी भइरहेको छ । त्यो कानुनले बेपत्ता र सत्यको खोजी गर्ने होइन, संक्रमणका सबै घटनालाई एउटै डोकोमा हालेर मेलमिलापको नाममा क्षतिपूर्ति दिएर पीडकलाई उन्मुक्ति दिने रफ्फाडफ्फा मिलाउँदैछ ।

यो सरकारको, लोकतन्त्रमा देखिएका नया“ नया“ राजाहरूको क्रियाकलापले राजनीति र नेता भनेका भ्रष्टाचारको अर्को नाम रहेछ, यस्ता नेताले देश हा“केर देश बन्दैन भन्ने अविश्वासको सञ्चार भइसक्यो । देश हाक्ने शक्ति त अर्काको लठ्ठी पो रहेछ भन्ने परिसक्यो ।

निष्कर्षमा भन्ने हो भने जनताका लागि नेतातन्त्रको ग्रहण लागेकाले लोकतान्त्रिक आवरणको शासन व्यवस्था महाभारतको वारणावत पर्व र लाहाको घर सावित भइसकेको छ । प्रश्न यत्ति छ, निकास राजनीतिले दिने कि जनताले खोज्ने ? जनता भनेका सलाईको का“टी हुन्, ज्यादा खेलाउ“दा, घोटिँदा घोटिँदा झ्वार्र बल्न पनि सक्छ । डढेलो सल्केपछि त आगोले यिनका मित्रलाई मात्र छोड्छ र ? जनताको अपेक्षा के थियो, के दियौं, समयमै सोच्न जरुरी छ । 


Views: 705