5th December | 2020 | Saturday | 11:43:11 AM

गर्मी, कोल्ड ड्रिंक्स र जनस्वास्थ्य

राजेशमान केसी   POSTED ON : श्रावण १०, २०७५ (११:०० AM)

गर्मी, कोल्ड ड्रिंक्स र जनस्वास्थ्य

यतिखेर गर्मीको मौसम चलिरहेको छ र गर्मी मौसम भन्ने बित्तिकै हाम्रो रुचि र चाहना प्रायः चिसो अथवा शीतल पेय पदार्थतर्फ तानिने गर्दछ । गर्मीबाट राहत पाउन होस् वा आप्mनो आँतलाई शीतलता प्रदान गर्न होस् हामी विभिन्न प्रकारका चिसो पेयपदार्थ अथवा कोल्ड ड्रिंक्स लिने गर्दछौं तर यसरी गर्मीबाट छुट्कारा पाउने नाममा अथवा गर्मीबाट उत्पन्न तीर्खा मेटाउने नाममा अत्यधिक मात्रामा पिउने यस्ता कोल्ड ड्रिंक्सबाट कतै हामीले आप्mनो स्वास्थ्यलाई नोक्सान पु¥याइरहेका त छैनौं ? यसतर्फ भने हाम्रो खासै ध्यान पुग्न सकेको देखिँदैन ।

हुन त कोल्ड ड्रिंक्स भन्नाले सबै प्रकारका चिसो पेय पदार्थ जस्तैः चिसो पानी, कागती पानी, दहीको लस्सी, दहीको सर्वत, ताजा फलपूmलको रस आदिलाई पनि लिन सकिन्छ । यस्ता चिसो पेय पदार्थले मानव स्वास्थ्यलाई नोक्सान पु¥याउँदैन । बरु स्वास्थ्यको दृष्टिले यस्ता पेय पदार्थहरू प्रचुरमात्रामा सेवन गर्नु लाभदायक नै मानिन्छ । तर, यहाँ चर्चा गर्न लागिएको कोल्ड ड्रिंक्स चाहिँ त्यस्ता चिसो पेयपदार्थ हुन् जुन प्राकृतिक रूपमा नभई पानीमा विभिन्न किसिमका कृत्रिम रासायनिक पदार्थहरू प्रयोग गरी तयार पारिएका हुन्छन् ।

यहाँ कुनै यो वा त्यो उत्पादनका सम्बन्धमा कुरा नगरेर समग्रमा त्यस्ता पेय पदार्थहरूको बारेमा चर्चा गर्न लागिएको छ जुन पेयपदार्थ कुनै न कुनै रूपमा कृत्रिम रसायन वा केमिकल्सको प्रयोग गरी तयार पारिएका हुन्छन् । प्रायः गर्मीको मौसममा अत्यधिक मात्रामा सेवन गरिने यस्ता कोल्ड ड्रिंक्सबाट तपाईं हामीलाई क्षणिक सन्तुष्टि त मिल्न सक्ला तर यसबाट न हाम्रो शरीरको प्राकृतिक तीर्खा मेटिन सक्छ न त यसले हाम्रो स्वास्थ्यलाई नै कुनै फाइदा पु¥याउँछ । बरु यस्ता केमिकल्सयुक्त कोल्ड ड्रिंक्सको बढी सेवनबाट तपाईं हामीले नजानिँदो पाराले आप्mनो स्वास्थ्यलाई क्षति पु¥याइरहेका हुन्छौं ।

यसैक्रममा संयुक्तराज्य अमेरिकाको एउटा शोध पत्रिका ‘द अर्थ आइसल्याण्ड’ मा जनाइएअनुसार यस्ता केमिकल्सयुक्त चिसो पदार्थको प्रत्येक बोतलमा ४५ देखि ७५ मिलिग्रामसम्म मादक पदार्थ, अल्कोहल र जनावरबाट निर्मित ग्लिसरिन नामक रासायनिक तŒव मिसाइएको हुन्छ । उक्त शोधपत्रमा जनाइएअनुसार हाल बजारमा उपलब्ध हुने गरेका यस्ता कतिपय कोल्ड ड्रिंक्सहरूमा साइट्रिक एसिड पनि केही मात्रामा रहेको हुन्छ । फलस्वरूप कोल्ड ड्रिंक्स पिएर हामी आप्mनो शरीरमा अनेकन प्रकारका हानिकारक कृत्रिम रासायनिक पदार्थहरू भिœयाइरहेका हुन्छौं । यसबाट आन्द्रा, कलेजो, फोक्सो आदि जस्ता शरीरका महŒवपूर्ण अंगहरूमा क्षति पु¥याइरहेका हुन्छौं । त्यसैगरी छिमेकी मुलुक भारतको अहमदाबादस्थित कन्ज्यूमर्स एजुकेसन एण्ड रिसर्च सेण्टरको प्रयोगशालामा गरिएको एक अर्को परीक्षणबाट प्राप्त नतिजाअनुसार कोल्ड ड्रिंक्समा विभिन्न प्रकारका हानिकारक रासायनिक पदार्थहरू रहेका हुन्छन् जसमध्ये एउटा केमिकल्स हो सोडियम बेन्जोयट । यसले हाम्रो शरीरमा एक किसिमको मन्द विषकोे काम गर्दछ ।

मानव शरीरका कतिपय महŒवपूर्ण अंगहरूलाई यसले बिस्तारै बिस्तारै क्षति पु¥याउँदै लैजान्छ । जस्तो केही वर्षअघि मात्र पनि भारतमा बिक्री भइरहेका कोकाकोला र पेप्सीकोलाजस्ता चिसो पेयपदार्थहरूमा कीटनासक औषधिहरूको समिश्रण पाइएको कुरा वैज्ञानिक परीक्षणबाट पत्ता लागेपछि उक्त पेय पदार्थ उत्पादन कम्पनीको विरोधमा व्यापक प्रदर्शनी भएको थियो । यसका साथै कोल्ड ड्रिंक्समा कार्बनडाइअक्साइड पनि यथेष्ट मात्रामा रहन्छ । कार्वनडाइअक्साइड जसलाई हामी प्रत्येक पटकको श्वासप्रश्वासबाट बाहिर फाल्ने गर्दछौं । त्यही हानिकारक कार्वनडाइअक्साइड हामी कोल्ड ड्रिंक्सको घुट्कोमार्फत लिइरहेका हुन्छौं । हुन त त्यस्तो कार्वनडाइअक्साइड हामीले डकार्दा मुख वा नाकबाट बाहिर निस्कने गर्दछ । तर, कहिलेकाहीँ हामीले लिएको कार्वनडाइअक्साइड मुख र नाकबाट पनि बाहिर निस्कन पाउँदैन । त्यस्तो अवस्थामा यो मानव स्वास्थ्यका लागि अत्यन्त खतरनाक सावित हुन सक्तछ ।

यसबाहेक क्याफिन नामक एक प्रकारको नशालु पदार्थका अतिरिक्त मिथाइल, बेन्जिन, पोटासियम सल्फेट र फास्फोरिक एसिड पनि यस्ता कतिपय कोल्ड ड्रिंक्सहरूमा मिसाइएको हुन्छ । यस्ता कोल्ड ड्रिंक्सहरूको पिएच भ्यालु ३.४ जतिमात्रै हुन्छ जुन आफैंमा एउटा एसिडिक भएको प्रमाण हो ।

यसरी कोल्ड ड्रिंक्समा पाइने यस्ता हानिकारक केमिकल्सका कारण स्वास्थ्यमा पर्न जाने प्रतिकूल असरलाई ध्यानमा राखेर फ्रान्स र बेल्जियमजस्ता मुलुकहरूमा कोल्ड ड्रिंक्सको उत्पादन र उपभोगमा कानुनी रूपमै रोक लगाएको पाइन्छ । विकासोन्मुख मुलुकहरूमा भने यस्ता कोल्ड ड्रिंक्सहरूको विनारोकटोक उत्पादन एवं बिक्रीवितरण भइरहेको छ । त्यस्तै यस्ता कोल्ड ड्रिंक्सको सम्बन्धमा हामीले ध्यान दिनुपर्ने अर्को महŒवपूर्ण पक्ष के छ भने बोतलहरूमा उत्पादन मिति, उपभोग गर्नुपर्ने समयावधि एवं यसमा विद्यमान यौगिक तŒवहरूका सम्बन्धमा प्रष्ट रूपमा खुलाइएको पाइँदैन । जुन कि उपभोक्ता हकहितका दृष्टिले यस्ता कुराहरू पेयपदार्थका बोटलहरूमा स्पष्ट रूपमा खुलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

तसर्थ समग्रमा हामी के भन्न सक्छौं भने यस्ता कोल्ड ड्रिंक्सहरू उत्पादन तथा बिक्रीवितरण गर्दा आप्mनो र अरूको स्वास्थ्यप्रतिको सम्वेदनशीलतालाई पनि ख्याल राख्नुपर्ने आवश्यकता देखिन्छ । सबैभन्दा प्रमुख कुरा त उपभोक्ता स्वयं आप्mनो स्वास्थ्यप्रति सजग र संवेदनशील रहनुपर्ने खाँचो देखिएको छ ।


 

Views: 139