जसले विद्यार्थीमा सृजनाका फूल रोपिदिन्छन्
जसले हरेक व्यक्तिमा मौलिकताका बुट्टा खोपिदिन्छन्
जो अरुको असफलतामा पनि आफू रुन्छन् धुरुधुरु
शब्दले गरिने कुनै बयानमा समेट्न नसकिने,जति महान हुन्छन् गुरु ।
जसले आफू जलेर अरुमा ज्ञानज्योति छर्छन्
जसले आफू गलेर माटो झैं मूर्ति निर्माण गर्छन्
लाखौं अपमान सहेर पनि कर्तव्य निर्वाह गर्छन खुरुखुरु
त्यसैले होला सायद भगवानको दोस्रो स्वरुप मानिन्छन् संसारमा गुरु ।।
जसले दृष्टिहिनलाई हेर्ने आँखा दिलाउँछन्
जसले हरेक व्यक्तिको फोटेको जीवनलाई
ज्ञान र विवेकले सिलाउँछन्,
जसको हरेक बाणीमा मानिसहरु राम्रो बाटो हिड्न गर्छन सुरु
बाहिर कठोर देखिपनि अपरम्पार माया र स्नेहले भरिएका हुन्छन् गुरु ।
जसले आमा समान भई दोस्रो जन्म दिलाउँछन्
सबैलाई समान रुपमा आफ्नै सम्झि शिक्षाको घुट पिलाउँछन्
गुरुले पखेटा लगाइदिए मानिस आकाशमा उड्छन् फुरुफुरु
हिमाल झकाउने अनि समुन्द्र सुकाउने ताकत समेटिएका व्यक्तित्व हुन् गुरु
जसले उजाड भूमिमा पनि फल फलाइदिन्छन्
जसले विकृति र विसंगतिलाई सहजै जलाइदिन्छन्
अब सबैले सत्सत् प्रणाम गर्न गरौं न है सुरु
भगवानद्धारा बनाइएका सबैभन्दा अमूल्य बरदान हुन गुरु ।।
–लर्ड बुद्ध एजेकेशन फाउण्डेसन मैतिदेवी काठमाडौं ।
Views: 1083