सुरम्य वनमा अति प्रज्ज्वलित
हुँदैछन् पुष्परज दिग्गभ्रमित
छरपष्ट आशा भरोसा उदेक
नपारेस् सारा जनमा कुण्ठित ।।१।।
छन् फैलिएका जगमा पथिक
मिलन हुँदा छन् छलका श्रमिक
चौबाटो छेकी मनलाई लोभ्याउन्या
छन् धेरै कुत्सित अनेकौ उपियाँ ।।२।।
स्वजन ठहदै दुर्जन भित्रिन्छन्
अकर्मण्य गर्दै दुष्कर्म छर्दैछन्
लीला उषाका फगतै घुसाई
फकिर हिँड्दैछन् कृपाण लुकाई ।।३।।
छरेर ऊर्दी अघोर उपाख्यान
भन्दैनन् कोही मिथ्या बात ता झन्
दीपक बनेको स्मृतिको वनमा
फूली फलेछ विष जन–जनमा ।।४।।
यो कस्तो काल बन्यो आज आई
दिगन्तकारी क्षुब्ध छन् छुप्छुपाई
श्रृजित आफैंले आफूलाई बिर्सायो
अलौकिक हुँ भन्थे आलोच्यमा पु¥यायो ।।५।।
Views: 161